क्रान्तिकारी पत्रकार महासंघको सम्मेलनबाट राउतको नेतृत्वमा २१ सदस्यीय समिति चयन

जेठ १८, २०७६
बुटवल ।
 क्रान्तिकारी पत्रकार महासंघको बुटवलमा भएको दोस्रो सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा तपशिलको २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्की राना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा, समावेशी सचिमा अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डे चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा दामोदर खनाल, लोकराज जैसी, धनन्जय अवस्थी, मधुकर थापा, गोपाल जिसी, शिवशंकर पाण्डे, दिनेश श्रीवास्तव, विष्णु आले, सागर श्रेष्ठ, कुमार भट्टराई, शोभा जिसी, राजेन्द्र सुवेदी केशव अधिकारी र प्रेम कंडेललाई चयन भएका छन् ।  सम्मेलन दुई दिनसम्म बुटवलमा चलेको थियो ।
सम्मेलनको नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले उद्घाटन गरेका थिए । सम्मेलनले विधान मस्यौदा संशोधन सहित पारित गरेको छ भने अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन पास गरेको छ ।
त्यसैगरी सम्मेलनले हिरामणि दुःखी, कुमार शाह र नारायण पंगेनी सहितको ३ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ । त्यसैगरी कुमार शाहको नेतृत्वमा नारायण पंगेनी र सुशिला आचार्य रहेको अनुशासन कमिटि र ईश्वरीप्रसाद गैरे, प्रदिप श्रेष्ठ र आयुस न्यौपाने गरी ३ सदस्यीय लेखा समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस