भारतका जयशंकर भन्दा नेपालका जयशंकरहरु छ्यापछयाप्ति उनीहरुलाई सच्याऔ,योगेश भट्टराई

काठमाडौं– सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु भएको बताएका छन्।

नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको डिजाइनर भनेर चित्रित एस जयशंकर नरेन्द्र मोदीको नयाँ सरकारमा विदेशमन्त्री भएपछि उनको चर्चा नेपालमा पनि चलिरहेको छ। यसै सन्दर्भमा सत्ताधारी दलका प्रभावशाली नेताले उनलाई जोडेर ट्विट गरेका हुन्। जयशंकर मन्त्री भएपछि नेपालमा पर्ने प्रभाववारे अनुमानहरु भइरहेका बेला भट्टराईले भने दिल्लीका जयशंकरको चिन्ता नगर्न आग्रह गरेका छन्।

नेपालमा ४ वर्षअघि नयाँ संविधान जारी गर्ने अन्तिम तयारीका बेला मोदीको विशेष दूतका रुपमा जयशंकर काठमाडौं आएका थिए। उनले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई भेटेर संविधान रोक्न दबाब दिएका थिए।

प्रतिक्रिया दिनुहोस