प्रचण्ड लाई कार्यकर्ताको प्रश्न।

भन्छन्, र धेरैले मान्छन् पनि कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर छन् । कतिपय प्रचण्डलाई नेपालको राजनीतिक वृत्तमा ‘चतुर खेलाडी’ का रुपमा लिन्छन् । प्रचण्डलाई नजिकबाट नियाल्नेहरुका बुझाईमा ‘ट्याक्टिकल मुभ’ गर्नसक्ने, जोखिम मोल्न सक्ने र कतिपय सुविचारित र योजनावद्ध ढंगले नभई गञ्जागोललाई ‘ट्याक्टिस’ को आवरणमा कार्यकर्ता र जनताको ध्यान आकर्षित गर्न सक्छन् भने पार्टी बाहिरका शक्तिहरुसँग उनी सजिलै घुलमिल हुनसक्छन् र आफ्ना कट्टर विरोधीहरुसँग संवाद गर्न पछि नपर्ने उनको खुबी हो । उनी शान्त तलाउमा ढुंगा हानेर तरंगित पैदा गर्दै केन्द्रविन्दुमा आफै रहेको सन्देश प्रवाह गर्छन् । यो उनको शैली हो ।

हो, अहिले फेरि नेकपाका अध्यक्ष प्रचण्ड एकाएक चर्चामा छन् र नेपालको राजनीतिमा खासगरी नेकपाको आन्तरिक जीवनमा तरंग पैदा गरेका छन् । जबर्जस्त ढंगले वर्षदिन अघि पार्टी एकता गर्ने बेलामा भएको तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको भनिएको सहमति सार्वजनिक गर्दै आफू १५ महिनापछि मुलुकको प्रधानमन्त्री हुने वा पार्टीको एकल बागडोर सम्हाल्ने भन्ने पक्षमा रहेको खुलेरै बोले । प्रचण्डको यो बोली छिमेकी देश भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा प्रचण्ड प्रधानमन्त्री रहेको बेला २०७३ भदौ ३१ गते राजकीय भ्रमणमा दिल्ली पुगेकै बेला यता अख्तियारको प्रमुख आयुक्त रहेका लोकमानसिंह कार्कीले प्रधानमन्त्री प्रचण्डमाथि मुद्दा चलाउने भनिदिंदा उताको वार्ता असहज भएको अवस्थासँग तुलना गर्नेहरु पनि छन् ।

जे होस्, प्रधानमन्त्री ओली दिल्ली टेकेकै दिन गतवर्ष एकताका बेला सत्ता साझेदारीको गोप्य भनिएको सहमतिपत्र ठ्याक्कै त्यसैबेला बाहिर आएपछि धेरैको मनमा झस्को पसेको छ । र नेपाली राजनीतिमा अस्थिरताको बिऊ रोपिएको त होइन फेरि भनेर एउटा तप्का चिन्तित हुन पुगेको देखिन्छ । यो चिन्तालाई मान्ने हो भने प्रचण्डको कुबेलाको यो बोलीले अस्थिरताको ‘खिल’ गाडिदिएको छ, जुन धेरै वर्षसम्म देश र पार्टीलाई विझाईरहनेछ । अर्कातर्फ नेपालमा कम्युनिस्ट एकता भएको नरुचाउनेहरु देशले समृद्धितर्फ यात्रा गरेको र देशमा राजीतिक स्थायित्व कायम भएको पचाउन नसक्नेहरु तथा नेपालको राजनीतिलाई अस्थिर बनाई धमिलो पानीमा माछा मार्न सकिन्छ भन्नेहरुका लागि प्रचण्डको यो बोलीले केही सुनपानी छर्केजस्तै बनेका हुनसक्छन् ।

तर राष्ट्रवादी जनता भने यसबाट सशंकित र चिन्तित बनेका छन् । नेपालमा कुनै न कुनै कार्य कायम राखिरहने र त्यसकै आधारमा यहाँ दबाब र तनाव बनाइरहने नीतिको एउटा कडीको रुपमा देखा परेका थिए – सीके राउत । प्रधानमन्त्री ओलीको सुविचारक र सचेततापूर्वक अग्रसरताले त्यो कार्ड अहिले निष्क्रिय भएपछि विप्लवलाई कार्ड फ्याकिएको त छैन भन्ने राजनीतिक वृत्तमा शंका उपश)काहरु उठिरहेका बेला प्रचण्डको यो बोलीपछि झुलबाहिर बसेका लामखुट्टेहरु फेरि सल्बलाउन पुगेका छन् । सवालहरु यतिमात्रै छैनन् । तत्कालीन नेकपा एमालेका नेताहरुलाई मैले लाइन लगाएर प्रधानमन्त्री बनाएँ भन्ने कथन बारम्बार बताउने प्रचण्डलाई यो गुणको पैचो चाहिएको कुरा बुझ्न कठिन छैन ।

त्यसो त २०६५ सालमा तत्कालीन नेकपा एमालेले उनलाई गिरीजाप्रसाद कोइराला र उपेन्द्र यादवहरुसँगै लाइनमा कुराउन सक्दथ्यो भन्ने कुरा विर्सनुहुँदैन । त्यसो त गुणको पैंचो, पानीको पैंचो वा पीठोको पैंचो जस्तो रुपमा लिने कि विज्ञापनको विषयका रुपमा अघि बढाउने त्यो बेग्लै विषय पनि बनाउन सकिन्छ । चुनावका ताका साझा घोषणा पत्र मार्फत् रोपेका विरुवा हुर्काउने, देखेका सपनालाई मूर्त रुप दिने र परिकल्पनालाई व्यवहारमा लागु गर्ने सन्दर्भमा नेकपाकै अध्यक्ष ओली नेतृत्वको यो सरकार जुटिरहेका बेला आएका यस्ता अभिव्यक्तिले अस्थिरता बढाउन मलजल गर्छ भन्ने कुराको हेक्का राख्न जरुरी छ । भलै यी कुरा असल नियतका साथ वा सोचविचार नगरी आएका पनि हुनसक्छन् । जब यात्रा गरिरहेको जहाज प्वाल पर्छ तब डुब्नबाट कोही जोगिदैन । विमर्श र बहस गर्ने ठाउँ धेरै होलान् तर गर्नैपर्ने पार्टी एकताका धेरै कामहरु अझै बाँकी छन् । समयमै पूरा गर्नुपर्ने कामहरु ढिलो ढिलो कछुवा गतिमा भैरहेका छन् । यसले गर्दा कार्यकर्ताहरु मौनताको पट्टी लगाएर बस्न बाध्य छन् ।

बदलिंदो व्यवहारको बर्को ओढेर मौनतासँगै असहाय र निरीह बनाएर कार्यकर्ताको भावनामाथि खेल्ने कोशिस भयो भने कार्यकर्ताहरुसँग फगत गुनासा मात्रै रहने छैनन् आक्रोशको ज्वाला पनि निस्कन सक्छ भन्ने कुरा कसैले विर्सनु हुँदैन । पार्टी एकता सम्बन्धी कामहरु पूरा नहुँदा पार्टी कामले गति लिन सकिरहेको छैन । गर्नुपर्ने काम प्राथमिकतामा नराखीदा नयाँ नयाँ समस्याहरु देखा पर्दैछन् । पार्टीका अंग र अवयवहरु अपुष्ट छन् । अहिले मुख्य कार्यभार भनेको घोषणापत्र अनुसार सरकारले आफना कामहरु दृढताका साथ अघि बढाउने र पार्टी एकता सम्बन्धी कार्य सबै पूरा गर्नु नै हो । तर यसबाट बरालिएर यसको ठाउँमा ऊ र उसको ठाउँमा ऊ मात्रै बदल्ने खेलमा फसियो भने जनताको भावना र मर्ममाथि भद्दा मजाक सिवाय केही हुँदैन ।

यदि यस्तै कार्यशैली बढ्दै गए जनता र कार्यकर्ताले भविष्यमा फैसला त गर्ने नै छन् । तसर्थ नेकपाले नेपाल र नेपालीको मुहाल बदल्न बोकेको विराट संभावना र कार्यकर्ताहरुको सपनामाथि कसैले खेलवाड नगरौं राम्रा कामलाई गलत अभ्यासबाट नगरौं, नरोकौं । एकताको मर्मलाई सम्मान गर्दै अघि बढौं । पार्टी एकताको मर्म र जनताको भावना अनुरुप अघि बढ्यौं भने घुमिफिरी शीर्ष तहकै नेताहरु नै हो बागडोर सम्हाल्ने । किन आत्तिनुप¥यो ? किन सिंगौरी खेल्नुप¥यो ? किन जुँगाको लडाई लड्नुप¥यो । १५ महिना पछि को के हुने भनेर अहिले नै किन औला भाँचृेर बस्नुप¥यो । पार्टी रहे, पार्टीमा कार्यकर्ताको विशाल पंक्ति रहे, जनताको अपार समर्थन् प्राप्त रहीरहे आलोपालो आइहाल्छ, रुँदै हिंड्नुपर्दैन । तर पार्टी कमजोर

प्रतिक्रिया दिनुहोस