अभिभावक संगै पढाइमेलामा रमाय विद्यार्थी।

तल्लो कक्षामा रहेका विद्यार्थिहरुमा सिकाईको विकास गर्न सके भविष्यमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने एक कार्यक्रमका सहभागिले जोड दिएका छन । तुलसीपुर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयमा आयोजित प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्र्तगत पढाई मेलामा बोल्ने सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । वालवालिकालाई सिकाईमा उत्प्रेरीत गर्नका लागि विद्यालय तथा अभिभावकले समेत उचित वातावरण तयार पार्नुपर्नेमा सहभागिको जोड थियो ।
शिक्षक बसुन्धरा पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा चित्रकला र पढाई प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय भएका विद्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा आफ्ना वालवालिकाले बनाएका विभिन्न सामग्रिहरु देख्दा अभिभावकहरु खुसी भएका थिए । आफ्ना अभिभावक सामु सिकाई प्रदर्शन गर्न पाउदा विद्यार्थि रमाएका थिए । उनिहरुले विभिन्न चित्र सगैं माटो खन्ने डोजर,हलो जुवा,हरीत गृह ,विद्युतिय उपकरण लगायतका सामग्रिहरु स्टल मार्फत प्रदर्शन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष लिलाधार डाँगीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत देवमणि चौधरीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वालवालिकालाई आज दिईने शिक्षाले नै उनिहरुको भविष्य निर्धारण गर्ने हुदा यसमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । वालवालिकामा गरिने लगानिको प्रतिफल तत्कालै नदेखिएपनि भोलिका दिनमा गुणस्तरीय शिक्षा उनिहरुबाट सम्भव हुने बताएका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथि पुर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लोक जङ्ग शाहले वालवालिकालाई सिकाईमा दक्ष बनाउन शिक्षक,विद्यार्थि र अभिभावकको तालमेल मिल्नुपर्ने बताएका थिए । कार्यक्रममा बेस संस्थाका लोक जङ्ग चौधरी,प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लु चौधरी,विद्यालयका प्रधानाध्यापक पदम प्रसाद न्यौपाने,स्थानिय बुद्धिजिविहरु होताराम बस्नेत,हेम बहादुर वली,अभिभवाकहरु कमला नेपाली,मन कुमारी चन्द,वि.ब्य.स.सदस्यहरु तुलसा भण्डारी,पदमा केसी,शिक्षक प्रतिनिधि निर्मल कुमार वली,शिक्षक क्षेत्र बहादुर गिरीले प्रारम्भीक कक्षा पढाई कार्यक्रमले कक्षा १,३ सम्मका विद्यार्थिमा केहि परीवर्तन ल्याएको हुदा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण शिक्षक गोमा कुमारी वालान क्षेत्रिले गरेकि थिईन । यसैविच विद्यालयले सो अवसरमा विभिन्न विद्यार्थिहरुलाई पुरस्कार वितरण गरेको छ । शै.स.२०७५ मा कक्षा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई प्रमाण पत्र सहित कापि र कलमले पुरस्कृत गरिएको थियो । त्यसैगरी नियमित विद्यार्थि तर्फ छात्रा जुना बुढाथोकि र अनुशासित विद्यार्थि तर्फ सुनिता चौधरीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै देव बहादुर केसीले स्थापना गरेको अक्षयकोषबाट राष्टवादि पुरस्कार स्वरुप धनसरी परियार र अमृत रोकालाई जनहि पन्ध्र सय नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस