महिनामा ८५ देखि ९५ हजार सम्म खर्च हुन्छ: नायिका पुजा शर्मा।

म अलि खर्चालु छु । बच्चैदेखि ड्रेसअप, मेकअप तथा खानपिनमा राम्रै खर्च हुन्छ । कलेज पढ्दा पनि प्रायः मैले नै साथीहरूलाई खाजा खुवाउँथेँ । त्यतिवेला बाबा–मम्मीले दिएको ‘पकेट मनी’बाटै काम चलाउनुपथ्र्याे । मलाई ‘धेरै खर्चालु छेस्’ भन्नुहुन्थ्यो । आफैँ कमाउन थालेपछि त खर्चको मात्रा झन् बढेको छ । महिनामा कति खर्च हुन्छ, ठ्याक्कै हिसाब राख्ने गरेकी छैन । तर, ८५ देखि ९५ हजार रुपैयाँ खर्च हुने अनुमान छ । अत्यावश्यक काममा त पैसा खर्चनु नै प-यो नि !

ड्रेसअपमा ३५ हजार
सबैभन्दा बढी खर्च डे«सअपमा हुन्छ । कुनै पनि ड्रेस मन प-यो भने जतिसुकै महँगो भए पनि किनिहाल्छु । बजारमा नयाँ फेसन आयो भने पनि मलाई खबर आइहाल्छ । आफूलाई मन पर्ने ड्रेस किन्न कत्ति पनि लोभ लाग्दैन । विदेश गएका वेला त दह्रै सपिङ हुन्छ । महिनामा ३०–३५ हजार ड्रेसमा खर्च हुने गरेको छ ।

गाडी र मोबाइलमा ३० हजार
म कारमा हिँड्छु । त्यसको मेन्टिनेन्स, पेट्रोल आदिमा प्रतिमहिना २० देखि २५ हजार खर्च हुन्छ । मोबाइलमा सात–आठ हजार भए पुग्छ । डाटा पनि त्यसबाटै चलाउँछु । त्यसैले अलि खर्चिलो भएको हो । यो महिना मोबाइल बिग्रिएकाले मेरो थप ५० हजार खर्च भयो ।

म कारमा हिँड्छु । त्यसको मेन्टिनेन्स, पेट्रोल आदिमा प्रतिमहिना २० देखि २५ हजार खर्च हुन्छ । मोबाइलमा सात–आठ हजार भए पुग्छ । डाटा पनि त्यसबाटै चलाउँछु । त्यसैले अलि खर्चिलो भएको हो । यो महिना मोबाइल बिग्रिएकाले मेरो थप ५० हजार खर्च भयो ।

ब्युटी पार्लरमा १५ हजार
म वेला–वेलामा ब्युटी पार्लर गइरहन्छु । मलाई हेयर स्टायलमा बढी रुचि छ । पार्लरमा महिनाको १५ हजारजति खर्च हुन्छ । सुटिङका वेला र सुटिङ नहुँदाको खर्चमा भने तलमाथि पर्छ । प्रायः आफन्त, साथीको बिहे, पास्नी, बर्थडे परिरहेको हुन्छ । पार्टीमा जाँदा गिफ्ट लग्नुप-यो, सोहीअनुसार तयार भएर जानुप-यो । त्यसमा पनि राम्रै पैसा खर्च हुने गरेको छ ।

खाजामा १५ हजार
खानपिनमा पनि राम्रै खर्च हुने गरेको छ । साथीहरूसँग कफी, खाजा खाइन्छ । रेस्टुरेन्ट नियमितजस्तै गइन्छ । त्यहाँको खर्च महिनामा १५ हजारजति हुन्छ । कतै घुम्न गइयो भने खर्च बढ्छ । तर, आफूले चाहेजसरी बाँच्न पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस