मोटरसाइकल र टेक्टर एक आपसमा ठाेकिदा, एकको मृत्यु

 

जेठ १६, दाङ ।

तुलसीपुरमा गएराती मोटरसाइकल र टेक्टर एक आपसमा ठाेकिदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

बुधबार साँझ भएको दुर्घटनामा परि रा २ प १९१७ नम्वरको मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका १२ बेलटाकुराका २७ बर्षीय भक्तबहादुर पुनको ज्यान गएको हो ।

तुलसीपुर ६ लक्ष्मीनारायन मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको उक्त मोटरसाईकललाई नम्वर नखुलेको ट्राक्टरले ठक्कर दिदा गम्भीर घाईते भएका पुनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस