olux

चेल्सीले जित्यो युरोपा लिगको उपाधि, आर्सनल स्तब्ध

युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा अर्को लण्डन क्लब आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

अजरबैजानको बाकुमा भएको लण्डन डर्बीमा चेल्सीको जितमा इडन हजार्डले दुई गोल गरे । यस्तै ओलिभर जिरउड र पेड्रोले एक एक गोल गरेका हुन् । आर्सनलका लागि एलेक्स इवोबीले एक गोल फर्काए ।

पहिलो हाफमा गोल रहित रहेको खेलमा सबै गोल दोस्रो हाफमा भएको हो । ४९ औँ मिनेटमा जिरउडको गोलबाट चेल्सीले अग्रता लियो । ६० औँ मिनेटमा पेड्रोले अग्रता दोब्बर पारे ।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा हजार्डले गोल गरेपछि चेल्सीको अग्रता ३–० मा पुगेको थियो । ६९ औँ मिनेटमा इवोबीले आर्सनलका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको ४–१ को जित निश्चित गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस