आयरल्यान्डकाे एउटा भट्टी

डब्लिन–

आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो ।

सिएन्स बार आयरल्यान्डको राजधानी डब्लिनमा छ । भनिन्छ, सिएन्स बार युरोपको ‘अँध्यारो युग’ मा सुरु भएको हो ,तर पनि अहिलेसम्म आधिकारिक रुपमा विश्वको पुरानो बार भनेर प्रमाणित भएको छैन, प्रयास भने जारी छ ।

एक जमानामा सिएन्स पबमा राती अबेरसम्म रौनक छाउँथ्यो । आज पनि यसको आर्किटेक्ट उस्तै छ, जस्तो एघार सय वर्ष अगाडि थियो । यसको छत र पर्खाल बेतबाट बनेको छ । सजावटमा घोडाको बालाको प्रयोग गरिएको छ ।

आयरल्यान्डका रिसर्चर टिमी डोनोवन मदिरा भट्टीमा पछिल्लो तीस वर्षदेखि रिसर्च गरिरहेका छन् ।

अहिलेसम्म सिएन्स बार जति पुरानो अरु पब नभेटिएको बताउँछन् । ‘हामीसँगै इतिहासको एउटा ठूलो अध्याय हुनु हाम्रा लागि खुशीको कुरा हो’ उनी भन्छन् ।

युरोपमा धेरै अगाडिदेखि खुलेका पब छन्, जुन ऐतिहासिक छन् । बेलायतको द बिंगले आम्र्स, सन् ९५३ देखि सुरु भएको थियो ।

यस्तै ‘द स्करिड माउन्टेन इन १११०’, ‘ओल्ड ट्रिप टु जेरुसेलम ११८९’, डब्लिनको ‘ब्रेजन हेड ११९८’ देखि सञ्चालमा छन् । सबैले सदियौंदेखि मदिरा विक्री गर्दै आएको दावी गर्छन् ।

तर नेशनल म्युजियम अफ आयरल्यान्डको रिसर्चका अनुसार सिएन्स बार भनिएको समयभन्दा पनि निकै पुरानो हो । यो रिसर्चका अनुसार सन् ९०० देखि यो पब सुरु भएको थियो ।

आयरल्यान्डका मानिसमा तीन चीजलाई विशेष प्राथमिकता दिन्छन्, संगीत, कुराकानी र इच्छाअनुसारको काम । सिएन्स बारमा यी मानिसहरुका यी तीन इच्छा स्पष्ट देख्न पाइन्छ ।

आयरल्यान्डमा धेरै पब छन् । हरेक मदिराखानामा यस्तै संगीत, रमाइलो, खुशी छल्किन्छ । शान्स बारको कहानी पनि यस्तै छ ।

यहाँ मधुरो उज्यालो, शान्त वातावरणमा मोटा, गद्देदार कुर्सीमा मानिसहरु आरामले बसेर रमाइला कुराकानी गर्दै समय बिताउने गर्छन् ।

यो बारमा भएका काठका खम्बा धेरै कोरिएका छन्, केही नक्शा बनेका छन् । केही यादमा लेखेका कविता छन् ।

तर अफसोसको कुरा यो ऐतिहासिक मदिराखानामा संकटको बादल छाइरहेको छ । ड्रिकिंग इन्डस्ट्री गु्रप अफ आयरल्यान्डको हालैको तथ्यांकअनुसार यहाँ पछिल्लो १० वर्षमा तीव्र रुपले बारहरु बन्द भएका छन् ।

आयरल्यान्डमा भएको आर्थिक मन्दी र स्वास्थ्यप्रति मानिसहरुको सचेतताका कारण यहाँका बारहरु बन्द हुने क्रम बढेको छ ।

मन्दीले गर्दा मानिसहरु महंगा मदिरा किन्न सक्दैनन् । तर पनि सिएन्स बारले आफ्नो इतिहास सानदार बनाएको छ, चम्काएको छ ।

यहाँ बग्ने नदी सेननसँग सिएन्स बारको सम्बन्ध गहिरो छ । रिसर्चर डोनोवन भन्छन् ‘म परिवारसँग ३२ वर्षपहिला यहाँ आएर बसेको हुँ । आज पनि यहाँ ३२ वर्ष पहिलाको जस्तै अवस्था छ । म पनि आफ्नो रिटायरपछि यहीँ बारमा आएर स्टुल राखेर बस्नेछु, यो बारमा आउने जो कोही पनि खुशी भएर फर्किन्छ ।’

प्रतिक्रिया दिनुहोस