काठमाडौं-
अर्थमन्त्री युवराज खतिवडाले वर्ष २०७६/७७ का लागि बजेट भाषण गरेका छन्।
आगामी आर्थिक वर्षका लागि फिल्म क्षेत्रले प्रथमिकता पाएन तर, अर्थमन्त्रीले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासमा ध्यान दिने घोषणा भने गरेका छन्।
त्यस्तै ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात समेत गर्ने बताइएको छ।
काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण र श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु सरकारको योजना रहेको छ।
बक्सअफिसबारे बजेट भाषणमा केही पनि उल्लेख गरिएन।