सहयोगी हरुको मनमा डोजर लगाइयो , आशाका किरणमा डोजर लगाइयो ।
सारा नेपालीलाई हसाउने धुर्मुस सुन्तलीको मनमा डोजर लगाइयो , सफलतालाई असफल तुल्याउन डोजर लगाइयो , हिजो घडा थापेर स्वागत गर्नेहरु आज रमिते बने ,१७,१८ बर्षको उमेरमा नै नेपालको तर्फबाट पहिलो आइपिएल खेल्ने सन्दिप लामिछाने ,नेपाल र पाकिस्तानको फुटबल खेलमा ९० मिनेटको अबधी सम्म एक गोलले हार बेहोरी रहेको नेपाललाइ ९१ मिनेटमा आएर एक गोल हान्दै खेल बराबरिमा पुर्याउने बिमल घर्ती मगर , खेल सुरु भएको करिब २५-३० सेकेन्ड नबित्दै गोल गर्ने साबित्रा भण्डारी , ओडियाइ म्याचमा सतक संगै ११५ रन हान्ने पारस खड्का लगायतका खेलाडिलाइ खै खेल्ने उचित वातावरण ?
म्याट ओछ्याइएको पिच , घरको पर्खालको बाउण्ड्रि पर्खालमा कालो पोतिएको साइड स्क्रिन ,भुइँमा इट्टाले अड्याइएको स्कोरबोर्ड , इत्यादिले क्रीकेट खेलाडीको जिवनमा मेल खान सक्छ ?
यस्ता समस्यालाइ समाधान गर्न लागिपरेका आदरणीय धुर्मुस दाइ र सुन्तली भाउजुको यो प्रयत्नलाई किन कमजोर बनाउन लागिपर्दै छन केही समूह ? अाफैले अनलाइनमा न्युज हाले र मन धेरै दुखेको छ।
चितवनको भरतपुरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा केही समुहले डोजर लगाएर करिब १ किलोमीटर बार भत्काइदिएछन , यो कहाँ सम्मको परम्परा हो ? अझै पनि किन मानिसमा चेतना फैलिन सकेको छैन ?
त काम गर्दै जा म पछाडी बाट त्यो काम बिगार्दै जान्छु भन्ने सोचको अन्त कहिले हुन्छ ? हो हरेक काम गर्दा केही न केही बाधा आउँछ तर दाइ र भाउजु आफ्नो कामलाइ निरन्तरता दिनुस , केही बिरोधि निस्कदैमा , केहिले आलोचना गर्दैमा , केहिले भत्काउदैमा , केहिले भत्काउन लगाउदैमा , केहिले उचाल्दैमा , केहिले पछार्दैमा यो अभियान असफल अवश्य हुने छैन किनकी म एउटा खेतको गरामा उ त्यो पाँच काल्ला माथीको गरामा उडेर गयो भने छ्क्का अनि गुडेर गयो भने चौका भन्दै एउटा काठको ब्याटले बीस तीस रुपैया पर्ने प्लास्टिकको बलले क्रीकेट खेल्दैमा म एउटा असल खेलाडी बन्न सक्दिन , धुर्मुस सुन्तली सबैका बिश्वश्निय पात्र हुन , हाम्रो साथ भौतिक , आर्थिक , सामाजिक रुपमा निरन्तर रहिरहनेछ वस तपाइहरुले कदापी हार नमान्नुस ।
त्यो तोडफोड गर्ने ति जुन राजनीतिक खोल ओडेका कार्यकर्ता भनौदा र भेडा जनताहरुलाई जतिनै गाली गरेपनि कमै हुन्छ ! हे मूर्ख मानब रुपी दानवहरु हो आफ्नो खुट्टामा आफै किन बन्चरो हान्छौ ? बन्दै गरेको रंगशाला को पर्खाल तोडफोड गरेको देखेर आज धुर्मुस सुन्तली मात्र हैन सारा नेपालीको मन रोयेको छ ! हैन ति भेडा जनताहरुले चाहेका के हो ?
आफू पनि नगर्ने अरुलाइ पनि गर्न नदिने ?? किन ढोल पिटेर हिड्ने बिकाश भएन भनेर जबकी बिकाश निर्माणका काम भैरहदा यो स्थिती हुन्छ भने? यो कस्को योजनामा त्यो कर्तुत भो ? त्यसलाई तुरुन्त कानुनी दाहिरामा ल्याउनु पर्छ र जे जति नोक्सान भएको छ त्यसको सम्पूर्ण क्ष्यतिपुर्ति बेहोर्नु पर्छ भन्ने मेरो माग हो ! आखिर रंगशाला बनेमा सबै भन्दा बढी फाइदा उठाउने त्यहीका भेडा जनताले त हो कहिले बुझ्ने ति भेडा जनताहरुले ? नेताहरुलाइ मात्र के गाली गर्नु यार !! जनताहरुको सोच कहिले बदलिने उफ !!
विश्वास छ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला जसरी नि पूरा हुनेछ !
जय धुर्मुस सुन्तली……….