काठमाडौँ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गोरखा एक धार्मिक पवित्र स्थल रहेको बताएका छन् ।
गोरक्षानाथ बौद्धिक गुरुकुल विद्यालयको ५औँ वार्षिक उत्सवमा बोल्दै मेयर पन्तले धार्मिक तथा सांस्कृतिक एवं पुरातात्विक हिसाबले गोरखा उत्कृष्ट गन्तव्य रहेको र यसलाई धार्मिक गन्तव्यको सूचीमा सूचिकृत गर्नुपर्ने बताए ।
जिल्लाकै पहिलो बौद्धिक गुरुकुल विद्यालय रहेकाले यसलाई जोगाउन हामी सबैले अहम भूमिका निर्वाह गर्नुपर्ने जानकारी दिएका छन् । नरपालिकाले विद्यालयलाई सहयोग गर्दै आएको तीन लाख रकमलाई बढाएर अब पाँच लाख दिने मेयर पन्तले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सबै क्षेत्रबाट विद्यालयलाई सहयोग गर्न अपिल गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै गुरुकुलका अध्यक्ष पुरुषोत्तम अर्यालले यस धार्मिक विद्यालयको विकास र प्रगतिका लागि सबै क्षेत्रबाट सहयोको अपेक्षा समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा सहभागीता जनाउँदै गोरखा नगरपालिका वडा नं. ६ का अध्यक्ष नारायाण अर्यालले पवित्र स्थललाई संरक्षण गर्नको लागि वडा साथै वडाबासीलाई समेत आग्रह गरेका छन् ।
यस गुरुकुल विद्यालय लाइ अक्षयकोस को लागि जयतु संस्कृत कोतर्फ बाट नेपाल संस्कृत विश्व विद्यालय का प्राध्यापक एव जयतु संस्कृतम् का संस्थापक श्री नवराज कट्टेल ज्यले रु १०,००० को चेक गुरुकुलका अध्यक्ष ज्यू लाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा उक्त विद्यालयका प्रधानध्यापकले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो विद्यालयमा गरिब, विपन्न तथा निम्न स्तरका १९ जना बटुकहरुलाई गुरुकुल शिक्षा प्रदान गरिँदै आएको छ ।
त्यसको लागि स्वदेश तथा विदेशीदाताको सहयोग गर्दै आएका छन् । कार्यक्रममा गोरखा नगरपालिकाका प्रतिष्ठित व्यापारी, बौद्धिक व्यक्तित्व लगायतको सहभागीता रहेको थियो ।