भ्रष्टाचारिहरुको ग्याङ्गमा काङ्ग्रेस, कनोडियाले किसानको २१ करोड तिर्न तयार

काठमाडौं : गृहमन्त्रालयले पक्राउ गर्न पत्र काटेपछि महालक्ष्मी सुगर्स मिलका सञ्चालक तथा नेपाली कांग्रेसका प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडिया उद्योग मन्त्रालयमा उपस्थित भएका छन्। गृहले पत्र काटेको थाहा पाएलगत्तै उनी किसानको सबै रकम तिर्न तयार भएको भन्दै उद्योग मन्त्रालयमा पुगेका थिए। उद्योगमन्त्री लेखराज भट्टले किसानको २१ करोड रुपैयाँ एकसातामा तिर्ने कबुल कनोडियाले गरेका छन्। गृह मन्त्रालयले उखु किसानहरुको बक्यौता नतिर्ने मिल मालिकलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर निर्देशन दिएको थियो।

वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन ।

अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालले दाबी गरेका थिए।‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन छन्, उनीहरूलाई सम्पर्कमा ल्याउने र किसानको बक्यौता भुक्तानी गराउन सरकारले प्रयास गरिरहेको छ,’ प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री भुसालले भने ।

प्रतिक्रिया दिनुहोस