अमेरिकाको ठाँउमा चीन आउने चिन्ता आवश्यकता छैन

हालै केही अमेरिकी राजनीतिज्ञहरूले ‘चीनको अर्थतन्त्र अमेरिकाको पछि लागेको र अमेरिकाभन्दा अझ बलियो बन्ने’ ठहर गरेका छन्। साथै उनीहरूले विश्वमा सबभन्दा ठूलो सुपरपावर मुलुक चीन बन्ने सम्भावना छैन भन्ने धारणा पनि राखेका छन्। वास्तवमा अमेरिकाको ठाउँमा आउनु नै कहिले पनि चीनको विकास लक्ष्य होइन। केही अमेरिकी राजनीतिज्ञहरूले चीनलाई शत्रुको भ्रमपूर्ण दृष्टिकोणबाट उनीहरू रणनीतिको चिन्तामा डुबिरहेका प्रतिविम्वित हुन्छ।

विश्वको दोस्रो ठूलो आर्थिक एकाइ भएतापनि चीन विश्वमा सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो र चीनको लागि सबैभन्दा महत्वपूर्ण वर्तमान र भावी कार्यभार नै आर्थिक निर्माण तथा देशको विकास र जनता अझ धनी र सुखी जीवन बिताउनु नै हो। अमेरिकी राजनीतिज्ञहरूको यस्तो अविवेकी रणनीति चिन्ता विस्तार दिएमा एउटा निकै खतरनाक अवस्था उत्पन्न हुने छ।

हालै भइरहेको चीन-अमेरिका व्यापार द्वन्द्वको उचित समाधान नभएमा सम्बद्ध दुई मुलुक मात्र नभइ विश्वको हितमा पनि ठूलो क्षति हुनेछ। वर्तमान विश्वको लागि अमेरिकाको प्रभुत्व र चीनको सहकार्य र साझा विजयी बाटो कसको आवश्यकता छ भन्ने कुरा अन्तर्राष्ट्रिय समाजलाई स्पष्टसँग थाहा छ।

प्रतिक्रिया दिनुहोस