नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको छ – पर्यटनमन्त्री भट्टराई

काठमाडौं :-   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको दावी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको मंगलबार काठमाडांैमा उद्घाटन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाइने बताए ।

उड्डयनको विकासले विश्वलाई सानो गाउँमा परिणत गरेको भन्दै यसले विश्वका नागरिकबीच सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए ।

उनले नेपालको हवाई क्षेत्र सुरक्षित हुँदै गएको भन्दै यसलाई प्रभावकारी बनाउँदै लगिने समेत प्रतिबद्धता व्यक्त गरे ।

सरकार र निजी क्षेत्रको सहकार्य र साझेदारीबाट मात्र सेवालाई प्रभावकारी बनाउन सकिने भन्दै उनले सरकारले एक वर्षभित्र थप ३ वटा विमानस्थल सञ्चालनमा ल्याइने बताए ।

उनले निजगढ विमानस्थल पाँच वर्षभित्र सम्पन्न हुने समेत बताए । संगठानात्मक पुर्नसंरचनाको लागि सरकार कानुन बनाउने प्रकृयामा रहेको भन्दै सहयोग गर्न पनि मन्त्री भट्टराईको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस