कालापानी र लिपुलेक मात्रै होइन, लिम्पियाधुरा पनि हाम्रै हो – संचारमन्त्री बास्कोटा

काठमाडौं :- संचारतथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालकै भूमी भएको बताएका छन् ।

प्रेस संगठन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै मन्त्री बास्कोटाले भारतले कालापानी लिपुलेकमा दावी गरेपनि लिम्पियाधुरासम्म नेपालकै भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले यो विवाद पुरानो भएकाले भारतको समेत दावी गरेको बताउदै रहेको अन्र्तराष्ट्रिय मान्यता र तथ्यहरुका आधारमा लिम्पियाधुरासम्म नेपालको भूमी भएको पुष्टि भइसकेको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउदै आफूहरुले ब्रिटिसकालिन सन्दर्भ सामाग्राीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

पर्यटन वर्षका अवसरमा सुदूरपश्चिम भ्रमणमा आउनु भएका मन्त्री बास्कोटाले प्रधानमन्त्रीले चाहे जुनसुकै बेलामा मन्त्री परिषद् पुर्नगठित हुन सक्ने बताए । उनले सरकारले देश निर्माणको प्रक्रियामा साथमा आउने जुनसकै दलसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

नेपालमा कुनै राजनीतिक आधार र एजेण्डा नभएको भन्दै कसैले त्यसो भने त्यो नौटंकी मात्रै भएको मन्त्री बास्कोटाको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस