अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिकाको लेखा शाखामा कार्यारत कम्प्युटर अपरेटर राकेश कुमार जैसवाललाई १५ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।

लेखा शाखाका प्रमुख रुपनारायण राउतको कार्यकक्षमा सोमबार दिउँसो सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका ३० मा उपभोक्ता समिति मार्फत निर्माण भएको ढलान सडकको भुक्तानीका लागि जयसवालले १५ हजार रुपैयाँ घुस मागेको र त्यहि रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।