कम्पनी ऐनका विषयमा अन्तरक्रिया हुने

दाङ :- दाङको तुलसीपुरमा कम्पनि ऐन–२०६३को विाषयमा अन्तरक्रिया हुने भएको छ । कम्पनी ऐन यसको प्रावधान प्रक्रियाका विषयमा जानकराी गराउने उदेशयले यो कार्यक्रमको आयोजना गरिन लागेको हो ।
दर्ता, अनलाईन प्रणाली र अध्यावधिकका विषयमा समेत छलफल हुने नेसनल प्याब्सन तुलसीपुरका अध्यक्ष भोजराज न्यौपानेले बताए ।
नेसनल प्याब्सन तुलसीपुरको आयोजनामा आज मंगलवार दिउँसो २ बजे अन्तरक्रिया हुन लागेको हो । वरिष्ठ अधिवक्ता रामचन्द्र भण्डारीले कम्पनी ऐन २०६३ कार्यान्वयनका विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।

अन्तरक्रियामा आयोजकले निजि/सस्थागत विद्यालयका संचालक/प्रीन्सिपलको सहभागीता रहने बताएको छ। अन्तरक्रिया कार्यक्रममा सहभागीताका लागि आग्रह समेत गरिएको नेसनल प्याब्सन, तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस