रिलायन्स लाईफ इन्स्योरेन्स द्धारा मृत्यु दाबी भुक्तानी

दाङ :- रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । सल्यानको दार्मा गाउँपालीका ५ ढांकाडम निवासी ३८ बर्षिय विमित दिपक बिक को उपचारको क्रममा २०७६ भाद्र ५ गते मृत्यु भएको थियो । उनको मृत्यु पछी मृतककी श्रीमती मंगली बिक ले बीमा रकम दावी भुक्तानीका लागी निवेदन दिएकी थिईन ।

कम्पनीले मृतक विमितकी श्रीमति लाई कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने रकम हस्तान्तरण गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच भुक्तान गर्नुपर्ने जम्मा रकम रु. एक लाख को चेक हस्तान्तरण गरेको तुलसीपुर शाखा प्रमुख डम्बर केसी ले बताए । प्रमुख केसी सहित रिलायन्स लाईफ इन्स्योरेन्स शाखा कार्यालत तुलसीपुरका कर्मचारी बल बहादुर पुन सहितको टिम मृतक विमित दिपक को श्रीमति मंगली लाई रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस