बढ्यो कर्मचारीको तलबः

काठमाडौं, जेठ १५ ।

सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलव बढाइएको घोषणा गरेका हुन् ।

तलब भने एकमूष्ठ नबढाई नायब सुब्बासम्मका लागि २० प्रतिशत र त्योभन्दा माथिल्लो तहका लागि १८ प्रतिशत तलब बढाइएको हो ।

तलब बढाएपछि कर्मचारीको कार्यपद्धती, कार्यशैली र क्षमतामा प्रोत्साहन हुने विश्वास अर्थमन्त्री खतिवडाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस