सानेपामा आगलागी

काठमाडौं :-  ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ ।

राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा गएराति ८ बजे आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

आगो फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस