ईञ्जा कार्य समिति पुनर्गठन-पुरस्कारकालागि आवेदन आह्वान

काठमाडौं :-   नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) ले आगामी दुई वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ ।

वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) हुनुहुन्छ । उपाध्यक्षमा वरिष्ठ पत्रकारहरु टंक पन्त (एशिया), ददी सापकोटा (युरोप) र मनऋषि धिताल (अष्ट्रेलिया) हुनुहुन्छ।

ईञ्जा ग्लोवलको संरक्षकमा राम खरेल र योगेश उपाध्याय रहनुभएको छ भने सल्लाहकारमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसी, नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला र वरिष्ठ पत्रकार गंगा लामिटारे (अधिकारी), सामुदायिक रेडियो अभियन्ता घमराज लुइटेल, हुनुहुन्छ ।

ईञ्जा ग्लोवल कमिटीको निर्देशकमा किशोर सापकोटा (संगठन), अनुराधा पौडेल (नीति निर्माण तथा प्रशिक्षण), विजय थापा (सञ्चार) र भक्त घिमिरे (अन्तरदेशीय समन्वय) चयन हुनुभएको छ।

कमिटीको महासचिवमा शिव विष्ट, सचिवमा दीपक रिजाल र कोषाध्यक्षमा वर्षा भुजेल हुनुहुन्छ । कोषाध्यक्ष भुजेलले फ्रेन्डस अफ ईञ्जा, अमेरिकाको इञ्चार्जको भूमिका समेत निर्वाह गर्नुहुनेछ ।

ईञ्जाका सदस्यहरुमा अमेरिकावाट विष्णु शर्मा, भूपेन थापा, भोला सिवाकोटी, ज्योति कुमार श्रेष्ठ, विश्व थापा, उमेश शर्मा, सिर्जन ताम्राकार, राम लामा अभिनासी, सिर्जना उप्रेति, अंकुश नेपाल, तारा भट्टराई, सुनिल हुमागाइ, डोव ढकाल, खेम भट्टचन, र पूर्णसिंह वराइली, क्यानाडावाट डा। किश्मत भण्डारी र वद्री तिमिल्सिना, चीनवाट ध्रुब पौडेल, नेपालवाट कृष्ण ढुंगाना, रीता सापकोटा, र विनेश खनाल, भारतवाट भरत पौडेल, स्पेनवाट दीपेन्द्र गजुरेल र मध्यपूर्ववाट सुवास शर्मा र तेज वहादुर थापा चयन हुनुभएको छ।

ईञ्जा युरोपको चयन:

वरिष्ठ पत्रकार ददी सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको छ। वरिष्ठ पत्रकारहरु भगीरथ योगी र थानेश्वर सापकोटा सल्लाहकार रहेको इन्जा युरोपको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण देवकोटा (स्वीजरल्याण्ड), उपाध्यक्ष टुवल सापकोटा (जर्मनी), महासचिव दीपक धिताल (जर्मनी), सचिव निराजन श्रेष्ठ (स्विजरल्याण्ड), र कोषाध्यक्ष निलम घिमिरे (वेल्जियम) रहनुभएको छ। ईञ्जा युरोपको सदस्यहरुमा श्रीभक्त खनाल (वेलायत), विजय शर्मा दर्पण (स्पेन), दीपक खतिवडा (पोर्चुगल), रविचन्द्र भट्टराइ (अष्ट्रिया) र जयराम तामाड (वेलायत) हुनुहुन्छ ।

ईञ्जा एसिया तर्फ:

वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा रहेको ईञ्जा एशियाको वरिष्ठ उपाध्यक्षमा नारायण न्यौपाने  हुनुहुन्छ भने उपाध्यक्षहरुमा दीपक पुडासैनी (कतार), आनन्द कोइराला (जापान), र मञ्जु गुरुङ (कोरिया) हुनुहुन्छ । महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा खेमकुमारी पोख्रेल (दीपु) र कोषाध्यक्षमा रामकुमार कामत  चयन हुनुभएको छ । ईञ्जा एशियाको सदस्यहरुमा विकास थपलिया, रामप्रसाद भण्डारी, अर्जुन सापकोटा, लीला उपाध्याय, बिशाल गैरे र अनिल आचार्य हुनुहुन्छ ।

(१) पुरस्कारका लागि आवेदन आह्वान

(क) सामुदायिक पत्रकारिता पुरस्कार २०१९:

ईञ्जाद्वारा प्रदान गरिने १ हजार अमेरिकी डलर राशीको सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जाले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित आ-आफ्ना समाचारहरुको प्रति सामेल गरी आवेदन दिन सम्पूर्ण इच्छुक पत्रकारहरुलाई आह्वान गरेको छ । पुरस्कार प्राप्त गर्नका लागि इच्छुक पत्रकारहरुले २०२० को जनवरी ३१ भित्रमा ईञ्जा मुख्यालयको इमेल info@injaglobal.org मा आफ्नो प्रकाशित प्रसारित समाचार पठाइसक्नु पर्नेछ। ईञ्जा अन्तरराष्ट्रिय पत्रकार पुरस्कार २०१९ भने यसअघि नै हाम्राकुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गरिसकिएको छ ।

ईञ्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट समाचार चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ ।

ईञ्जाले मार्च १ लाई “ईञ्जा डे” को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ ।

(ख) स्रष्टा सम्मान पुरस्कार २०२०:

ईञ्जाले प्रदान गर्ने १ हजार अमेरिकी डलर राशीको स्रष्टा सम्मान पुरस्कारका लागि छनौट गर्न साहित्यकार तथा बरिष्ठ गीतकार श्रीमती अम्विका गुरुड, इन्जा वरिष्ठ उपाध्यक्ष सुनिलमणी दाहाल र अनेशास डिसी कमिटी अध्यक्ष श्री भूपनारायण घर्तिमगर रहेको समिति समेत गठन गरिएको छ। यस समितिले ईञ्जा ब्यबस्थापन समितिले बनाएको प्रकृया अनुरुप आवेदन पेश गर्न समय तालिका सार्वजनिक गर्नेछ।

(ग) सामुदायिक नेतृत्व पुरस्कार २०१९:

यसैगरी प्रवासका नेपाली समुदायका हितमा राम्रो काम गर्ने संघ सस्थालाई थप प्रोत्साहन गर्न प्रत्येक बर्ष १ हजार अमेरिकी डलर राशीको पुरस्कारबाट पुरस्कृत गरिने छ। यो पुरस्कार प्रवासमा स्थापित सामाजिक सस्थाबाट सन् २०१९ मा समुदायलाई उच्च सेवा प्रदान गर्न सफल सामाजिक सस्थालाई प्रदान गरिने छ । ईञ्जा ब्यबस्थापन समितिले बनाएको छनौट विधि अनुरुप आवेदन आह्वान गर्न र छनौट गर्न प्राध्यापक श्री तारा निरौलाको संयोजकत्वमा ईञ्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष विष्णु शीतल, महासचिव शिव बिष्ट, ईञ्जाका सदस्यहरु तारा भट्टराई तथा ज्योति कुमार श्रेष्ठ सहितको छनौट समिति गठन गरिएको छ।

(२) अमेरिकामा स्थापित सामाजिक संघ संस्थाहरुको तथ्याङ्क तथा समुदायमा पुर्याएको योगदानको अध्ययन:

यस अध्ययनकालागी ईच्छुक विज्ञहरुबाट अमेरिकाका अनलाईन मिडिया मार्फत प्रस्ताव आह्वान गरिने छ । तोकिए अनुसार प्राप्त हुने प्रस्ताव मध्ये उचित प्रस्तावलाई छनौट गरी कार्य जिम्मेवारी प्रदान गर्ने अधिकार ईञ्जा ब्यबस्थापन समितिमा रहनेछ। यस कार्यक्रमको अनुगमन तथा ब्यबस्थापन समितिमा रिपोर्टिङ्गका लागि ईञ्जाका सदस्य बिष्णु शर्मालाई तोकिएको छ।

(३) समुदाय प्रति प्रत्रकारहरुको उत्तरदायित्वको संदेश सहितको नेपाली भाषा सिकाउने “छुनुमुनु” नामक एप्लिकेशनको निर्माण:

यस कार्यक्रमकालागि आवस्श्यक मोबाईल एप निर्माण गरी सो भित्र साना वालवालिकाहरुका लागि नेपालीभाषा सिकाउन आवस्यक सामाग्रीहरुको बिषय सूची अनुसार कार्टुन तथा एनिमेशन भिडियोहरु निर्माण गरिने तथा युटुब लगायत अन्य साईट्मा उपलब्ध हुने सामाग्रीहरुको प्रयोग गरिने छ।

सुरुवाती अवस्था तथा  पहिलो चरणमा वालवालिकाहरुकालागि उपयोगी हुने भाषागत सामाग्री तयार पार्न विज्ञका  रुपमा रही कार्य गर्न बरिष्ठ पत्रकार केदार शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

(४) मर्या्दित पत्रकारिताको ब्यबस्थापनका लागि ईञ्जा ईथिक्सको निर्माण:

यस कार्यक्रम अन्तर्गत नेपाली पत्रकारहरुको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्सको निर्माण गरिने छ। ईञ्जाका एसिया , युरोप , अस्ट्रेलिया तथा अमेरिकी क्षेत्रमा सम्बन्धित क्षेत्रीय संयोजकको संयोजनमा नेपाली पत्रकारहरुको गोलमेच सम्मेलन गरी ईञ्जा इथिक्स जारी गरिने छ।

(५) इन्जा विस्तार कार्यक्रम अन्तर्गत ईञ्जा अस्ट्रेलिया को संरचना निर्माणकालागि उपाध्यक्ष श्री मनऋषि धिताललाई जिम्मा दिई पुर्ण संरचना छिट्टै निर्माण गरिने छ।

अन्तमा,  ईञ्जा प्रति विश्वाश तथा सदभाव राखि निरन्तर सहयोग पुर्याउदै आउने भएका सबै शुभचिन्तकहरु प्रति आभार व्यक्त गर्दै हामि आभारी छौ।  ईञ्जा परिवार नयाँ बर्ष २०२० को हार्दिक शुभकामना ब्यक्त गर्दछ।

ईञ्जा केन्द्रीय कार्यालय
भर्जिनिया, अमेरिका।

प्रतिक्रिया दिनुहोस