बुटवल नै प्रदेश ५ को स्थायी राजधानी : नेता बालकृष्ण खाण

बुटवल :- नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक एंव पूर्व मन्त्री बालकृष्ण खाणले अविलम्ब प्रदेशसभालाई प्रदेशकाे स्थायि राजधानि बुटवल ताेक्न आग्रह गरेका छन् ।

बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेलाको उदघाटन समारोहमा बोल्दै नेता खाणले राजनितिक, सांस्कृित र पर्यटकिय हिसाबले बुटवल नै स्थायि राजधानिका लागि उपयुक्त भएकाले काग्रेस नेतृत्वकाे सरकले अस्थायि राजधानि ताेकेकाे बताए ।

“राजधानि ताेकिएकाेमा कतिपयकाे चित्त बुझेकाे छैन तर यातायातकाे सुगम केन्द्र बुटवल, भैरहवा नै हाे” पूर्वमन्त्रि समेत रहेका खाणले भने – “बुटवलबाट राजधानि सार्ने प्रयत्न भए, त्यसलाई थेग्न सक्नुहुन्न ।”
<भारतसंगकाे सहजता, अन्तराष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारले बुटवल नै राजधानिका लागि उपयुक्त भएकाे उनले बताए । विश्वमा कुनै पनि राजधानि मध्यभागमै नभएकाे बताउदै राजधानि सार्ने प्रपञ्च नगर्न उनकाे सुझाव छ । नेपाली काग्रेसकाे सरकाले अस्थायि राजधानि ताृकेकाे र यसलाइ स्थायि बनाउने अधिकार प्रदेशसभालाई भएकाले अविलम्ब राजधानि र नामाकरण गर्न उनकाे आग्रह छ । ” प्रदेश १, प्रदेश ६ र ७ काे पनि मध्यभागमा छैन” नेता खाणले भने । पुस २३ गतेसम्म संञ्चालन हुने औद्योगिक ब्यापार मेलाको उदघाटन रक्षामन्त्रि ईश्वर पाेेखरेेेलले गर्ने भनिएपनि मााैसमका कारण मन्त्री पोखरेल आउन नसकेपछि नेता खाणले गरेका हुन् । मेलामा ५ सय बढी स्टल राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस