गोकर्ण फरेस्ट रिर्सोटलाई लिज अवधि थप गर्ने निर्णय कानुन बमोजिम : नेपाल ट्रस्ट

काठमाडौं । गोकर्ण रिसोर्ट गाई चराउने मैदान र सुकुम्बासी बस्तीका हुनबाट जोगाउने  नेपाल ट्रष्टले दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै गोकर्ण रिसोर्टको विवादबारे ट्रस्टले यस्तो स्पष्टीकरण दिएको हो।

ट्रष्टका सचिव गजेन्द्र ठाकुरले कानुनकै जगमा टेकेर समय थप भएको  र यती समूहलाई २५ वर्ष भाडामा दिने निर्णय निजी क्षेत्रका लागि विश्वासको दायरा फराकिलो बनाउने सन्देश रहेको जिकिर गरेका छन् ।

केही दिनअघि मात्रै सरकारले पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहेकै बेला यती समूहलाई अर्को २५ वर्षका लागि गोकर्ण रिसोर्ट दिने सम्झौता गरेको थियो। जसका कारण सरकार विवादमा तानिएको छ।

पहिलेको नेतृत्वकर्ता अनिर्णयको बन्दी भएकोले यसपाली समयमा नै म्याद थपिएको उनको धारणा थियो। उनले यदि समयमा नै म्याद नथप्ने हो भने गोकर्ण रिसोर्ट गाई चराउने मैदानका रूपमा परिणत हुने जिकिर गरे।

अहिले गोकर्ण रिसोर्टलाई भाडामा दिँदा राज्यलाई कुनै घाटा नभएको उनले स्पष्ट पारे। समय अगावै कुनै व्यवसायिक घरानालाई शक्तिको आडमा रिसोर्ट भाडामा दिँदा पश्चाताप हुन्छ कि हुँदैन ? भन्‍ने पत्रकारको प्रश्‍नमा ट्रष्टका कार्यकारी सचिव ठाकुरले कुनै शक्तिको आडमा नभइ कानुनसम्मत म्याद थप गर्न पाउदा आफूले गर्व महसुस गरेकोसमेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस