मकवापुरमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ६ जना घाइते

काठमाडौं :- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ६ जना घाइते भएका छन ।

मृतकमध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ज ३४३३ नम्बरको जीप हेटौंडा–कुलेखानी–सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो ।

घाइते ५ जना पुरुष र १ जना महिलाको काठमाडौंको फर्पिङ स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाईएको छ । दुर्घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस