काठमाडौंका बासिन्दा कौसी खेतीप्रती आकर्षित हुँदै

काठमाडौं :-  बजारमा तरकारीको भाउ दिनदिनै बढिरहेको छ । किसानबाट कम मूल्यमा ल्याइएको तरकारी महँगो मुल्यमा किन्न उपभोक्ता बाध्य छन् । महङगो मूल्य तिरेर पनि स्वस्थकर तरकारी पाउन गाह्रो भएपछि काठमाडौं सहरमा जमिन नभएकाहरुले कौसी खेती गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले पनि कौसी खेती गर्नेलाई प्राथमिकता दिएको छ ।

बढ्दो शहरीकरणसंगै जमिनको अभाव, फोहोरमैला व्यवस्थापनमा समस्या र विषादीयुक्त तरकारी बजारमा आउन थालेपछि स्थानीयले कौसी खेती गर्न थालेका हुन ।

सर्वसाधारण पनि कौसी खेतीप्रती आकर्षित हुँदै गएका छन् । कौसी खेती गर्दा महङ्गीको समयमा केहि सहज हुनुका साथै घरभित्रबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन हुने तथा विषादियुक्त तरकारी प्रयोग गर्न पाईने भएकोले सर्वसाधाण पनि कौसी खेतीप्री आकर्षित हुँदै गएका छन् ।

गमला, पानीको जार तथा माछाको क्यारेटमा माटो भरेर आफ्नै घरमा अर्गानीक तरकारी फलाउन सकिने सर्वसाधारण कृषकको अनुभव छ ।

फोहोर व्यवस्थापनको समस्या दिनानुदिन बढ्दै गएपछि काठमाण्डौ महानगरपालीकाले पनि कौसी खेतीलाई जोड दिएको छ । महानगरपालीकाले कौसी खेती गर्न चाहनेहरुका लागी सुपथ मुल्यमा प्राङ्गाारीक मल बनाउने मेसीन समेत वितरण गर्ने गरेको छ ।

कौसी खेती गर्नको लागी नत जग्गा जमिनको आवश्यकता पर्दछ नत खर्च नै बढि लाग्दछ । कौसी खेतीमा मात्र सक्रिय भएर लाग्ने हो भने पनि तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।

सकेसम्म आफ्ना खेतबारीलाई बाँझो नराखी तरकारी वा अन्न बाली लगाऔं । नभए, कौसी खेती नै गरेर भए पनि बाह्य मुलुकबाट आयात हुने तरकारीको परिमाणलाई घटाउन तपाई हामी लाग्ने कि ?

प्रतिक्रिया दिनुहोस