प्रतिनिधि सभाको सभामुख को बन्ला ?

काठमाडौं :- प्रतिनिधि सभामा तीन महिनादेखि सभामुख पद रिक्त रहेको छ । सभामुख बिनाको प्रतिनिधि सभाको बैठक अाज दोश्रो दिन बस्दैछ । रिक्त रहेको सभामुख पदका लागि अाज बस्ने प्रतिनिधिसभाको बैठकले निर्वाचनको मिति तय गर्ने कार्यतालिका रहेको छ ।

बलात्कारको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महरा जेल चलान भएपछि अबको नयाँ सभामुख को बन्ला भन्ने कुरा सर्वत्र चाँसोको विषय बनेको छ ।

प्रतिनिधी सभाको पाँचौ अधिबेसनको दोश्रो बैठक अाज शुक्रवार १ बजे बस्दै छ । प्रतिनिधि सभाको बैठक सभामुख बिनै बस्न लागेको यो नेपालको संसदीय इतिहासमा नौलो नै हो । शुक्रवारको बैठकको मुख्य एजेण्डा नै सभामुख निर्वाचनको मिति तय गर्नु रहेको छ ।

नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा २ अनुसार प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख नेकपाको र महिला भएकोले हालकै उपसभामुख कायम रहने हो भने अबको सभामुख पुरुष र त्यसमा पनि नेकपा बाहेकको हुनुपर्छ ।

तर नेकपा सभामुख गुमाउने पक्षमा देखिंदैन । यदि सभामुख नगुमाउने हो भने उपसभामुखलाई राजीनामा गराउनु पर्ने हुन्छ । अहिले नेकपा यही तयारी गरिरहेको छ ।

तर बहालवाला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिने पक्षमा देखिनुहुन्न । उहाँ सभामुख पाउनु पर्ने दाबी गर्दै आउनु भएको छ । राजीनामा गराउनेबारे आफूसँग कुनै कुरा नभएको उपसभामुख डा. तुम्बाहाम्फेको भनाइ छ ।

शिर्ष नेताहरु गुट उपगुट र भागबण्डाको राजनीतिबाट माथी उठी सवैलाई समेटेर लैजान सक्नुपर्ने नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको सुझाव रहेको छ । सभामुख छान्न अहिले सत्तारुढ दल नेकपालाई निकै सकस परिरहेको छ।

आकांक्षी अनुहार धेरै देखिएका छन् । त्यसमा पनि पूर्व एमाले र पूर्व माओवादी खेमाबाट सभामुखको लागि लबिङ भइरहेको छ । उपसभामुख डा.तुम्बाहाम्फेलाई राजीनामा दिन दवाव बढिरहेको छ ।

राजीनामा दिए कानून मन्त्री बनाउने प्रस्ताव तुम्बाहाफेलाई छ । मन्त्री निश्चित हुनका लागि तुम्बाहाम्फेले सभामुखको दाबी गरिरहेको नेकपा सम्बद्ध नेताहरु बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओली सुवास नेम्वाङलाई नै सभामुख बनाउने तयारीमा देखिनुहुन्छ

यता अर्का अध्यक्ष पुष्पकमल दाहाल अग्निसापकोटा या देवगुरुङ मध्ये कोही पूर्व माओवादी पक्षबाटै सभामुख बनाउने कसरतमा अहिले लागि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस