पोखरा :- अनेरास्ववियु क्याम्पस कमिटी जनप्रिय बहुमुखी क्याम्पसले एमबिएसको शुल्क घटाउन माग गरेको छ ।
कमिटीका संगठन विभाग प्रमुख विनय पराजुलीले बिहीबार एमबिएसको शुल्क अन्य क्याम्पसको तुलनामा निकै बढी भएकाले घटाउन माग गर्दै क्याम्पस प्रमुख बिरञ्जी गौतमलाई ध्यानाकर्षण पत्र बुझाएक हुन् । बढी शुल्क तिर्न विद्यार्थीलाई असहज भएको उल्लेख गर्दै पराजुलीले शुल्क समायोजन नगरे त्यसबाट हुन सक्ने क्षतिको जिम्मेवार पनि क्याम्पस प्रशासन नै हुने चेतावनी दिएका छन् ।