सबै धर्मलाई राज्यले समान ढंगले हेर्छ – मन्त्री बाँस्कोटा

काठमाडौं :-  सरकारको प्रवत्ता एंव सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल एक बहुभाषि तथा बहु धार्मिक देश भएको भन्दै सबै धर्मलाई राज्यले समान ढंगले हेर्ने गरेको बताए ।

काभ्रेको बनेपामा बुधबार क्रिसियन समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा अहिलेसम्म सबै धर्मालम्विहरुलाई समान हक दिएको बताए ।

सरकारले कुनै धर्मलाई विभेद नरहेको मन्त्री बाँस्कोटाले बताए । छिमेकी देश भारतमा वर्षेनी धर्मलाई लिएर झै–झगडा हुन्छ, झगडाको कारण हजारौं मानिसले ज्यान गुमाएको सुन्देै आएको छौं तर नेपालमा भने धर्मको नाउँमा अहिलेसम्म कुनै पनि समस्या अएको छैन । नेपाल सरकारले सबै धर्मलाई समान गर्दै आएको उनले बताए ।

मन्त्री बाँस्कोटाले देशभर रहेका क्रिसियनहरुलाई क्रिसमसको शुभकामना दिएका थिए ।

बनेपा र पनौती नगरभित्र रहेका क्रिसियन समुदायहरुको आयोजनामा भएको कार्यक्रममा पनौती नगरपालीकाका मेयर भिम न्यौपाने तथा बनेपा नगरपालिकाका मेयर नरसिंह बादेले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस