दाङ :- दाङमा एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना कुलोको नहरमा डुवेको अवस्थामा शव सोमवार विहान ११ बजे फेला परेको प्रहरीले बताएको छ ।
अन्दाजी ४०-४५ बर्षको जस्तो देखिने गहुँ गोरो वर्ण भएको ,जिन्स पाईन्ट,खैरो टि,सर्ट लगाएको दारी हल्का खैरो रहेको पुरुषको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शव राप्ति स्वास्थय विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।