नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश १ सरकारको तयारी

विराटनगर :-  प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० विशेष कार्यक्रम आयोजना गरी शुभारम्भ गर्ने भएको छ । पुस १६ गते सन् २०२० जनवरी १ का दिन भब्य उद्घाटन सभाको तयारी भइरहेको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले जानकारी दिएको छ । दश हजारको उपस्थितिमा नेपाल भ्रमण वर्ष सरु भएको औपचारिक घोषणा गर्ने तयारी रहेको समितिले जनाएको छ ।

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति अन्तरगत गठित मुल समारोह व्यवस्थापन उपसमितिले बुधबार पत्रकार सम्मेलन आयोजना गरी उद्घाटन कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

नेपाल सरकारले प्रवद्र्धनका लागि पहिचान गरेको सय मुख्य पर्यटकीय गन्तव्यस्थलहरु मध्ये प्रदेश १ मा १६ वटा छन् । ति गन्तव्यस्थलसम्म पर्यटकहरुलाई पुर्याउन र त्यसका विषयमा जानकारी दिन उद्घाटन स्थलमा स्टल स्थापना गरेरै जानकारी गराउने तयारी रहेको प्रवद्र्धन समितिका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुशियतले जानकारी दिए ।

मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा विशेष सामग्री प्रकाशन गर्ने, सामाजिक संघ संस्थाहरुलाई व्यापकरुपमा परिचालन गर्ने र जनवरी १ का दिन पुस १६ गते दिउँसो १२ बजे १० हजारभन्दा बढीको सहभागीतामा उद्घाटन समारोहको आयोजना गर्ने तयारी रहेको बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संरक्षक र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहेको ५१ सदस्यीय समिति क्रियाशिल छ । सोही समिति अन्तरगत विभिन्न १२ उपसमितिले काम गरिरहेको मुल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटनलाई भब्य बनाउन प्रदेश सरकारले भारतको सिक्कम, मेघालय र बिहार राज्यका मुख्यमन्त्रीहरुसमेतलाई प्रदेश १ मा उपस्थितिकालागि निमन्त्रणा गरेको छ ।
तर भारतीय राज्यहरुबाट मुख्यमन्त्रीको उपस्थिति भने नहुने देखिएको छ । परराष्ट्र मन्त्रालय मार्फत निम्ता पठाइए पनि उताबाट रेस्पोन्स नआएपछि सरकारले भारतीय पर्यटन व्यवसायीहरुको उपस्थितिमा प्रचार गने योजना अघि बढाएको छ ।

नेपाल भ्रमण वर्षको अवधिमा प्रदेश १ ले ५ लाख पर्यटक ल्याउनु पर्ने छ । मन्त्री कुशियतले प्रदेशमा १० लाख पर्यटक भित्राउने योजना बनाएको छ ।

भारतीय पर्यटकहरुको तथ्यांक राख्ने प्रणाली नभएको र प्रदेश १ मा तेस्रो मुलुकबाट कम पर्यटक आउने भएकोले कति पर्यटकहरु आइरहेका छन् भन्ने यकिन विवरण छैन ।

प्रतिक्रिया दिनुहोस