कसरी सुरु भयो क्रिसमस मनाउने परम्परा ?

काठमाडौं :-  आज ‘क्रिसमस डे’ अर्थात् क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जमोत्सवका अवसरमा देशभरका ईसाई धर्मालम्बीहरुले चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाउँदै छन्।

येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा ईसाई धर्मालम्बीहरुले हरेक वर्ष २५ डिसेम्बरका दिन संसारभर विशेष महत्वका साथ ‘क्रिसमस डे’ मनाउँदै आएका छन् ।
आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको छ ।

आज ‘क्रिसमस डे’ का दिन सरकारले ईसाई धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

कसरी सुरु भयो क्रिसमस मनाउने परम्परा

हुन त क्रिसमसलाई ईसाईहरुको पर्व भनिन्छ, यद्यपि यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । यतिमात्र होइन, नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ । जहाँ एकातिर हरेक वर्ष दसैं, तिहार, होली जस्ता सबै पर्वहरु मनाइने कुनै निश्चित दिन हुँदैनन्, त्यहाँ क्रिसमस एक मात्र त्यस्तो पर्व हो, जुन हरेक वर्ष २४ डिसेम्बरकै दिन मनाइने गरिन्छ ।

क्रिसमस पर्व हरेक वर्ष ईशा मसीहको जन्म दिवसको रुपमा मनाउने गरिन्छ । ईसाई धर्म मान्ने व्यक्तिहरु ईशा मसीहलाई सूर्यको भगवान मान्छन् । त्यसैले ईसाईहरुका लागि यो पर्वको एउटा विशेष महत्व छ । एउटा महत्वपूर्ण कुरा के छ भने ईसा मसीहको जन्म भएको थियो, यो कुरा पूर्ण रुपले स्पष्ट छैन । जहाँ सम्म कि बाईबलमा पनि ईसा मसीहको जन्मको तारिखको कुनै पुष्टि गरिएको छैन । यस्तो अवस्थामा आखिर २५ डिसेम्बरकै दिन ईसा मसीहको जन्मको तारिख किन मानियो, सम्पूर्ण विश्वमा केवल यही दिन किन क्रिसमस मनाइन्छ भन्ने जिज्ञासा पनि पैदा हुन्छ । यदि तपाईंको मनमा पनि यो जिज्ञासा उठेको छ भने आज हामी उक्त जिज्ञासाको जवाफ दिने छौं ।

यसकारण २५ डिसेम्बरमा मनाइन्छ

अब यदि तपाईं सोचिरहनु भएको होला, जिसस को जन्म यही तारिखमा कसरी निश्चित गरियो भन्ने कुरा ? यसको पछाडि एउटा रोचक कथा छ । वास्तवमा, एउटा निकै नै प्रारम्भिक ईसाई परम्पराका अनुसार, जुन दिन मेरीलाई उनीसंग एक अति नै विशेष बच्चा अर्थात यीशु हुनेछन् भनिएको थियो, त्यो तारिख थियो २५ मार्च । २५ मार्चको नौ महिनापछि २५ डिसेम्बर । यस्तो बेला यीशुको जन्मका लागि २५ डिसेम्बर सबैभन्दा राम्रो दिन मानियो । यसका अतिरिक्त उक्त तिथिलाई एक रोमन पर्व अथवा मकर संक्रान्तिसंग सम्बन्ध स्थापित गर्ने आधारमा पनि चुनिएको मानिन्छ ।

यसरी पहिला मनाइयो क्रिसमस

क्रिसमस मनाउने परम्परा पनि निकै पुरानो हो । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिसस को जन्मको तारिखका लागि विवाद समेत भयो ।

यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो ।

प्रतिक्रिया दिनुहोस