फोनिजको राष्ट्रिय भेला पुष ६ र ७ गते सिन्धुलीगढीमा हुदै

सिन्धुली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला(भोली)पुष ६ र ७ गते सिन्धुलीगढीमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिको आयोजना, ३ नं.प्रदेश समितिको संयोजन तथा जिल्ला शाखाको व्यवस्थापनमा राष्ट्रिय भेला ऐतिहाँसिक सिन्धुलीगढीमा हुने भएको हो । यस राष्ट्रिय भेलाले भ्रमण वर्ष २०२० मा सिन्धुलीगढीमा पर्यटकको गन्तव्य स्थल बनाउन सहयोग पुग्ने फोनिज जिल्ला शाखा सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले वताउनुभयो ।उक्त राष्ट्रिय भेलामा संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरु, प्रदेश समितिका अध्यक्षहरु, संस्थागत सदस्य, संस्थाका अध्यक्ष÷प्रतिनीधिहरु र शाखाका अध्यक्षहरुको सहभागीता रहने छ । राष्ट्रिय भेलामा देशैभरका अदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहने बताइएको छ । देशभर ५६ जिल्ला तथा ६ वटा विदेश शाखा रहेको फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीमा २०५६ सालमा स्थापना भई क्रियाशिल छ । भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा हुन लागेको यस कार्यक्रमले सिन्धुलीको पहिचान जुनारको चिनारी तथा ऐतीहाँसिक किल्ला सिन्धुलीगढीको प्रचार–प्रसार तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस