चीनले दियो नेपाल सरकारलाई सुझाव : रेल विस्तारै, सडक तत्काल

काठमाडौं । चीनले सडक संजाल विस्तार गरेर तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन संम्पर्क संजाल विस्तारका लागि सडम ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको छ । यो खबर अाजको अन्नपूर्णमा छापिएको छ।

तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडगमार्गमार्फत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको छ ।

टोलीले अध्ययन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए ।

क्रसबोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाई र खर्चिलो हुने भएकाले पहिला सडक र नाका ब्यवस्थित गर्न सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस