नेपालयन खबरका बरिष्ठ सम्बाददाता केसी सहित १८ पत्रकार सम्मानित

दाङ :- नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार आशिष केसी सहित १८ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघको २७ औं स्थापना दिवसको अवसरमा ‘नेपालयन खबरका बरिष्ठ सम्बाददाता’ केसी सहित १८ जना पत्रकारलाइ विभिन्न पुरस्कार सहित सम्मान गरेको हो । लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशील रही सामाजिक सशत्तिmकरणका लागि सक्रियता देखाएको भन्दै ‘पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६’ बाट उनि सम्मानित भएका हुन् । विभिन्न संचार माध्यममा आवद्व रहेका केसी तुलसीपत्र राष्ट्रिय दैनिक र तुलसीपुर अनलाईनमा समेत कार्यरत छन् ।

दिवसको अवसरमा उनि सहित १८ जना पत्रकार सम्मानित भएका छन् । पत्रकार महासंघले यस वर्ष प्रतिभा पुरस्कार पत्रकार सुलोचना गौतम, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार शिबु खनाल, महिला सिर्जनशिल पुरस्कार निरला अर्याल, प्रोत्साहन पुरस्कार अमृता भुसाललाई प्रदान गरेको छ । यसैगरी रोशन स्मृति पत्रकारिता पुरस्कार सुनिल पोख्रेल, पण्डित लिलाकान्त महरहठ्ठा पत्रकारिता पुरस्कार छबि पुरी, विष्णु भुपेन्द्रेश्वर श्रेष्ठ पत्रकारिता पुरस्कार केदार खत्री, यज्ञबहादुर बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार अमर क्षितिज भण्डारी र ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार ऋषि यादवलाई प्रदान गरिएको छ । साथै जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कार चेतन रेग्मी, लोककुमारी स्मृति पत्रकारिता पुरस्कार उदिराम चौधरी र दुर्गा टिका स्मृति पत्रकारिता पुरस्कार निराजन डाँगीलाई प्रदान गरेको छ ।
यसैगरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार प्रदीप पाण्डे, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार लक्ष्मण बस्नेत, अकि टुकादेवी स्मृति पत्रकारिता पुरस्कार गणेश आचार्य र नदिन स्मृति पत्रकारिता पुरस्कारबाट एकराज भण्डारीलाई प्रदान गरिएको महासंघले जनाएको छ ।

पत्रकार महासंघले राप्ती समाचार दैनिक, देउखुरी एफएम र दाङ खबर अनलाईनलाई संस्थागत पुरस्कार प्रदान गरेको छ । पुरस्कार अक्ष्यकोष स्थापना गर्ने शारदा शर्मा र होताराम अधिकारीलाई सम्मान गरेको छ । पुरस्कृत पत्रकारहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं महासंघका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाँको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो ।।

रक्तदान, क्रिकेट प्रतियोगीता र पत्रकारहरुको आँखा जाँच गरेर यस अघि तीन दिन कार्यक्रम गरेको पत्रकार महासंघले शुक्रबार पत्रकार, सञ्चार माध्यम र अक्षकोष स्थापनाकर्ताहरुलाई सम्मान एवं पुरस्कृत गरेर स्थापना दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस