आजको घटना प्रति नेविसंघ राप्ति बबई द्वारा दुख व्यक्त

नवराज घिमिरे/दाङ :- नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसले आज एक विज्ञप्ति जारि गर्दै दुख व्यक्त गरेको छ । बिहीबार पौने १० बजेतिर तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिदा तुलसी आवासिय माबिमा कक्षा ८ मा अध्ययनरत १२ बर्षीया बिजिता केसीको मृत्यु प्रति घोर भर्त्सना गर्दै दुख व्यक्त गरेको हो । मृत आत्माको चिरसान्ति र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेविसंघका राप्ति बबई ईकाई सभापति बसन्त बस्नेत द्वारा हस्ताक्षर विज्ञप्तीमा मृतलाई उचित क्षतिपुर्ति र घाइतेको उपचारको जोरदारको माग समेत गरिएको छ । यो घटनालाई सामान्य रुपमा लिई लापरबाही गरेको खण्डमा नेपाल विद्यार्थी संघ राप्ती बबई कडारुपमा प्रस्तुत हुने समेत नेविसंघले जनाएको छ । आज दिन भर विद्यार्थीहरुले गरेको बन्दमा नेपाल विद्यार्थी संघ राप्ती बबईले सक्रिय सहभागिता जनाएको नेविसंघका संदेश गौतमले जानकारी दिनुभयो । रा १ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाईते भएकी तुलसीपुर ७ शिवनगर निवासी केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ट्याक्टरको ठक्करबाट सोही विद्यालयमा अध्ययनरत १४ बर्षीया मनिषा वली घाईते भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस