भोजपुरमा तेस्रो मेयर-कप फुटबल सम्पन्न खोटाङ बिजयी

भोजपुर । भोजपुर जिल्लाको सदरमुकाम स्थित स्थानीय टुडिखेलमा सञ्चालीत तेस्रो भोजपुर मेयर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि भगवती स्र्पोटस क्लब खोटाङ्गले हात पारेको छ। फाइनमा कुलुङ्ग यातयात प्राली लाई १ गोलले पछि पार्दै  भगवती स्र्पोटस क्लब विजयी भएको हो ।  टिमलाई विजयी गराउन खोटाङ्गका सौजन राईले सेकेन्ड हाफको २८ मिनेटमा १ गोल गरेका थिए ।
प्रतियोगीतामा उत्कृष्ठ गोलकिपर भगवती स्र्पोटस क्लब खोटाङ्गका सागर राया, डिफेन्डर भगवती स्र्पोटस क्लब खोटाङ्गका रिवाज मास्के, बेस्ट र्फवाड कुलङ्ग यातयात प्रालीका रविन राई, वेस्टमिडफिल्डर आम्तेक ११ का असिम राई, सर्वेउत्कृष्ठ खेलाडि भगवती स्र्पोटस क्लब खोटाङ्गका जिवन परीवार र म्यान अफ द म्याच भगवती स्र्पोटस क्लब खोटाङ्गका सौजन राई भएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम विजेता भगवती स्र्पोटस क्लब खोटाङ्गलाई भोजपुर नगरपालीकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि कैलाश कुमार आलेले प्रथम पुरुस्कार नगद ५ लाख, मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरेका छन् । दोश्रो हुने कुलुङ्ग यातयात प्रालीलाई भोजपुर नगरपालीकाकी उपमेयर ममिता राई एंव अन्य अतिथिहरुले एकसाथ दोश्रो पुरुस्कार ३ लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।
तेश्रो भोजपुर मेयर कप प्रतियोगीता भोजपुर नगरपालीकाको प्रायोजन र जिल्ला फुटबल संघको आयोजनामा स्थानीय टुडिखेलमा सम्पन्न भएको थियो । मंसिर २५ गतेबाट पुष ३ गतेसम्म सञ्चालीत  प्रतियोगीतामा १५ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस