जन्मदिनको अबसरमा विद्यार्थी नेता खड्काद्वारा शैक्षिक समाग्री बितरण

दाङ :- जन्म दिनको अबसरमा अनेरास्ववियु दाङ काठमाडौ सम्पर्क मंचमा पुर्ब अध्यक्ष सुशील खड्का द्वारा आफुले अध्यापन गराएको इच्छाकामना ५ मुग्लिन चितबनको मर्स्याङ्ग्दी शिक्षा सदनमा शैक्षिक समाग्री बितरण गरेका छन।

साथै आफुले अध्ययन गरेको दाङ तुल्सिपुर उपमहानगर पालिका १८ दुधरासको बाल अमृत स्कुलमा समेत बितरण गरेका छन। आफुलाइ समाजसेवामा समर्पित गर्ने अभिलाषाका बोकेका खड्का निरन्तर सामाजिक अभियानमा केन्द्रित हुन्छन । बहुमुल्यवान जिबन प्रयाप्तिलाई अर्थपूर्ण बनाउनु पर्ने र समाजमा नंया पुस्ताले सकारात्मक सन्देश प्रवाह गर्ने काममा जुट्नु पर्ने तर्क राख्दछन।

पछिल्लो समयमा जन्मदिन मनाउन भन्दै फजुलमा खर्च गर्ने गरेको हुन्छन्, भन्दै उनले आफुले त्यसो नगरी सामाजिक कार्यका लागी सहयोग गरेको बताए । त्यसैगरी उनले जन्मदिन फजुल खर्च गरी मनाउनु भन्दा सकारात्मक सोचका साथ मनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस