भोजपुरमा हाईड्रोपावरको दादागिरी (फोटो फिचर)

सन्जिब कार्की/भोजपुर :- षडानन्द नगरपालिका १ नेपालेडाडामा निर्माण कार्य संचालन हुँदै गरेको तल्लो इर्खुवा हाइड्रोपावर लिमिटेडले आफ्नो योजना सुरु गर्नु पुर्व स्थानिय टोल विकास समितीहरु, प्रभावित क्षेत्रका बासिन्दाहरु र नगरपालिकासग कुनै छलफल र परामर्श नगरि तथा नगरपालिकाबाट कुनै स्वीकृति नलिइ दादागिरी शैलीमा सुरुङ्ग खन्ने काम सुरु गरेको बुझिएको छ।

नेपाल सरकार मन्त्री परिसदको बैठकको निर्देशन तथा बन मन्त्रालयको सिफारिस ल्याएको भन्दै सोझा गाउलेको आखामा छारो हालेर हाइड्रोपावरले सयौं बर्ष देखि बसोबास गर्दै आएको आफ्नो बस्ती मुनि कुनै सरसल्लाह र परामर्श नगरी अबैधानिक रुपमा सुरुङ्ग खन्ने काम सुरु गरेको स्थानियहरुको गुनासो रहेको छ।

नगरपालिकासग कुनै परामर्श नगरी सुरुङ्ग खन्ने काम सुरु गरेको बारे हाइड्रोपावरसग बुझ्दा १ नम्बर वडाका वडाअध्यक्ष रामेश्वर भण्डारीले खन्ने सिफारिस दिएको कारण आफुहरुले सुरुङ्ग खन्न थालेको बताएका छन। यस बारेमा १ नम्बर वडाका वडा सदस्यहरु बद्री कठेत, अम्बिका राई र ढाका बिष्टसग बुझ्दा वडाले त्यस बारे कुनै सिफारिस नदिएको यदि वडाअध्यक्षले एकलौटी रुपमा सिफारिस दिएको भए वडाअध्यक्षको त्यो अबैधानिक कामको पक्षमा आफुहरु नरहने बताएका छन् ।

हाइड्रोपावरले सुरुङ्ग खन्दा प्रभावित बस्तिका बासिन्दाहरुसग सामन्य सल्लाह समेत नगरेको, सुरुङ्ग सम्पन्न भए पश्चात भोलि प्रभाबित क्षेत्रमा हुन सक्ने जोखिम र त्यस्को दिर्घकालिन समधानको बारेमा कुनै छलफल नगरेको, सुरुङ्ग खन्दा गरिने बिस्फोटले लक्षित क्षेत्र वरपर कालन्तरमा हुन आउने असरहरु पानीको मुहान सुक्ने, बन जङ्गल बिनास हुने, बाढिपहिरो जाने, जलवायु असर देखा पर्ने आदिको बारेमा गम्भीर भएर स्थानियहरुसग कुनै किसिमको छलफल नगरिएको जनगुनासो रहेको छ। नेपालेडाडाको साबिक २ नम्बर वडाले भने सुरुङ्गको अर्को प्रबेश स्थलमा कुनै पनि काम गर्न रोक लगाइरहेको छ ।

हाइड्रोपावरले आफ्नो सुरुङ स्थलमा पुग्नको निम्ति मझुवाबेसी स्थित एक स्थानियको जग्गाबाट बाटो लग्ने र त्यसको निम्ति १० लाख दिने सहमती गरेता पनि बटो खन्नु अघि ५ लाख दिएर अहिले १ बर्ष बितिसक्दा पनि अरु ५ लाख नदिएको र त्यस बारे कुरा राख्दा निजलाई बारम्बार हप्काउने गरेको जग्गा धनिले बताएका छन् ।

नेपाल सरकार बन मन्त्रालयको निर्णय, निर्देशन र नियम अनुसार एक बोट काटे बराबर २५ बिरुवा रोप्ने सामन्य नियमलाई समेत पालना नगरी बहुमुल्य सालका बोटहरु फडानी गरिएको, सुरुङ्गबाट निस्किएको ढुङ्गामाटोहरु पनि बन क्षेत्र भित्रै अव्यवस्थित रुपमा फालिएको छ। उक्त कदमहरुको बिरुद्दमा हाइड्रोपावर र वडा अध्यक्षलाई विपक्षी बनाउदै नगरपालिकामा एउटा निबेदन समेत आइसकेको र दर्ता समेत भइसकेको नगरपालिकाकि उपप्रमुख मेरिका राइले बताएकी छिन् ।





 

प्रतिक्रिया दिनुहोस