ट्याक्टरको ठक्करबाट विधार्थीको मृत्युपछि तुलसीपुर तनावग्रस्त

दाङ :-   तुलसीपुरमा ट्याक्टर को ठक्करबाट स्कुले एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन ।

सल्यानबाट तुलसीपुर आउदै गरेको रा १ प १४३५ नम्मरको ट्याक्टरले तुलसीपुर ७ शिबनगर निवासी बेदबहादुर केसीकी छोरी बिजिता केसी लाई ठक्कर दिएको हो।

ट्याक्टरबाट घाइते केसीको तुलसीपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक लाई इलाका प्रहरी कार्यलय तुलसीपुरले नियन्त्रण मा लिएको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।

सोही ठाउँकी उमा वलीकी घाईते छोरी मनिशा वलीको उपचार भैरहेको छ । ति दुबै बालिका तुलसीपुर स्थित तुल्सी बोर्डिङमा अध्यन्रत विद्यार्थी हुन।

त्यसैको विरोधमा सोहि विद्यालयका बिद्यार्थीहरुले सडकमा टायर बालेर तुलसीपुर सल्यानरोड अवरुद्ध पारेका छन् ।

विद्यार्थीहरुले दोषी माथी हदै सम्मको कारवाही र पिडितलाई उचित न्यायको माग गदै विरोध प्रर्दशन गरेका छन् । उनीहरुले सल्यानरोड अन्र्तगत गोदामघर नजिक, विरेन्द्रचोक, बिपि चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । सल्यानरोड सडक खण्ड अन्र्तगत रा १ त १४३५ नम्वरको टेक्टरले गोदामघर नजिकै ती बालिकालाई ठक्कर दिएको प्रहरीले बताएको छ । यस्तै सोहि टेक्टरको ठक्करबाट अर्की एक विद्यार्थी तुलसीपुर ७ कै १४ वर्षिय मनिष वली सामान्य घाइते हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस