चुनावमा खर्च गर्ने संस्कारको परिवर्तन,दाङ ३ (ख) मा नेकपाको चुनाबी समीक्षा

दाङ :- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ निर्वाचन परिचालन कमिटिले बुधबार उपनिर्वाचनको समीक्षा गरेको छ ।

नेकपा तुलसीपुरको पार्टी कार्यालयमा भएको चुनावी समीक्षाका क्रममा जनताको साथ र पार्टीको मेहनतले जीत हाँसिल गर्न सफल भएको निष्कर्ष निकालेका थिए  । नेकपा प्रदेश नं. ५ का सचिब  तथा चुनाब परिचालन कमिटिका संयोजक जगप्रसाद शर्मा‘अपार’ले यो निर्वाचनमा पार्टीले नयाँ ढंगले चुनाव लडेको जनाए ।

उनले विगतमा जस्तो खर्चिलो नभई थोरै खर्चमा पनि चुनाब लड्न सकिन्छ, भन्ने कुराको स्थापित गर्न पार्टी सफल भएको बताए । उनले जनताको विस्वास नै ठूलो कुरा भएको भन्दै पार्टीमा अनाबश्यक खर्च गरेर भन्दा पनि उचित एजेण्डा र विकासलाई जोड दिनुपर्ने सन्देश दिएको समेत जनाए ।

सरकारले दुई बर्षमा गरेका विकास निर्माणका कामलाई जनतामाथ स्थापीत गराउन पनि पार्टी सफल भएको उनको भनाई थियो । साथै पार्टी केन्द्रीकृत र एकताबद्ध भएको सन्देश पनि चुनाव मार्फत दिएको भन्दै यो पनि ठूलो उपलब्धी भएको  अपारले जनाए ।

त्यसअवसरमा प्रदेशसभा सदस्य बिमला ओलीले आफुलाई अमुल्य मतदान गरेका बिजय बनाउने आम मतदाताहरुलाई धन्यवाद समेत ब्यक्त गरेकी थिईन् । समीक्षा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु भागवत विस्वासी, नारायणी शर्मा, दामा शर्मा, ईन्द्रजित चौाधरीलगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस