प्रज्ञा तिमल्सिना/राममान डंगोल/काठमाडौं :- जन्मजात हुने बहिरोपनको समस्या पछिल्लो समय धेरै बालबालिकामा देखिन थालेको छ ।
गर्भावस्थामा आमालाई हुने भाइरल इन्फेक्सन, जथाभावी औषधीको प्रयोग वा वंशाणुगत कारण वालवालिकामा यस्तो समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् ।
२१ बर्षको उमेरमा विवाह गरेकी कञ्चनपुरकी गिता भट्ट पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिंदा कम्ती खुसी थिइनन् ।
तर छोरी आठ महिनाकी हुंदा समेत कुनै आवाज र ध्वनीमा प्रतिक्रिया नदिएपछि गिता छोरीलाई के भएको होला भन्ने चिन्तामा परिन् ।
त्यसपछि आठ महिनाकी छोरी बोकेर कञ्चनपुरवाट त्रिवी शिक्षण अस्पताल महाराजगंज आएकी गितालाई उपचार गर्दा थाहाँ भयो छोरीमा जन्मजातै कान नसुन्ने समस्या रहेछ ।
जसको उपचार गराउन १७ लाख खर्च लाग्ने भनेर चिकित्सकले भन्दा उनी छाँगावाट खसे झै भएकी थिइन् । छोरीको उपचार गराउने खर्च जुटाउन नसकेपछि गिता घर फर्किन् ।
पुनः ६ बर्षपछि गिताले छोरो जन्माइन् । छोरीमा जन्मजातै कान नसुन्ने समस्या भएकाले छोरामा पनि त्यो समस्या छ कि भन्नेमा गीता सचेत थिइन् ।
उनी १४ महिनाको छोरा बोकेर शिक्षण अस्पताल नै आइपुगिन र चिकित्सकले छोराको पनि जन्मजात नै कान नसुने समस्या भएको बताएपछि गिताको होस हवास नै उड्यो ।
दुवै छोरा छोरीलाई कान नसुर्ने समस्या भए पश्चात अब उनीहरुको जीवन कसरी अगाडी बढ्छ भन्नेमा गिता निकै चिन्तित भइन् ।
कमजोर आर्थिक अवस्थाका कारण छोरीको उपचार गराउन नसकेकी गितालाई छोरालाई समेत त्यही समस्या हुदा अब के गर्ने भनेर आत्तिइन ।
चिकित्सकले छोराको उपचारमा आफुहरुले केही आर्थिक सहयोग जुटाउन सक्ने जनाए ।
हाल त्रिवी शिक्षण अस्पतालमा दुवै छोरा छोरीको सँगै शल्यक्रिया गरी कान सुन्ने क्कलिएर इमप्लान्ट राखिएपछि गिताको खुसीको सीमा नै छैन् ।
दुवै छोरा छोरीमा कान नसुन्ने समस्या पश्चात उपचारको लागि खर्च जुटाउन गिताका श्रीमान १ वर्ष देखी विदेशमा रहेका छन् ।
विभिन्न भाईरल इन्फेक्स र गर्भवती भएको समयमा जथाभावी औषधी सेवन गरेमा वा वशाणुगत कारणले वालवालिकामा जन्मजात कान नसुर्ने समस्या देखिने नाक कान घाटी रोग विषेशज्ञ डा. रविन्द्र प्रधानाङ्ले बताए ।
यसको रोकथामको कुनै उपाय नभएकाले समयमा नै क्कलिएर इमप्लान्ट राख्ने हो भने जिवनभर कान सुन्न सक्ने डा. प्रधानाङ्ले जानकारी दिए ।
क्कलिएर इमप्लान्ट कान भित्र राखिसके पछि वोल्न र आवाज पहिचान गर्न सक्ने बनाउन स्पिच थेरापी गराउनु पर्छ ।
त्यसका लागि २ देखी ४ बर्षसम्म समय लाग्ने वाक तथा श्रवण विशेषज्ञ डा. कविराज खनालले जानकारी दिइन ।
सन् २००४ देखी नेपालमा सुरु गरिएको क्कलिएर इमप्लान्ट राख्ने प्रणालीवाट हाल सक्क १ सय ५० जना वालवालिकाले लाभ लिइसकेका छन् ।
१२ लाख ५० हजार लागत लाग्ने यस इमप्लान्ट राख्न सरकारले ५ लाखसम्म सहुलियत समेत दिने गरेको छ ।