ताप्लेजुङको फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु

ताप्लेजुङ / ताप्लेजुङको फक्तालुङ ६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा फक्तालुङ-५ लामाटर बस्ने १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ बर्षीय सुजन राई रहेका छन ।बुधबार बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङगो काटन भनि हिडेका दुबै जना घर फर्की नआएपछी खोजी गर्दै जाने क्रममा सोही जंगलको भीरबाट लडी दुबै जना मृत अवस्थामा फेला परेको भनि साँझ साढे ६ बजे आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउन साथ कानुनी कारबाहीको लागी सिमा प्रहरी चौकी घुन्सा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गएको सोही कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस