रोनाल्डोको हेड गोलमा युभेन्ट्सको जित

काठमाडौं :-  क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेड गोलमा सिरि ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । बुधबार भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा अग्रता युभेन्ट्सले पाउलो ड्याबालाको गोलबाट १९ औं मिनेटमा लिएको थियो । घरेलु टोली साम्पोडियाका जियानलुका कापरारीले ३५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

४५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अगाडी बढाएका थिए । रोनाल्डोको सोही हेड गोल युभेन्ट्सलाई सिरि एमा तीन अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ४२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिएको छ ।

साम्पोडिया १५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस