मेयर दाहालद्वरा सडकमा राखिएका अनावश्यक सामाग्री तत्काल हटाउन दिईन कडा निर्देशन।

चितवन, १४ जेठ । भरतपुर अस्पताल अगाडी नेपाल प्रहरीको कल्याणकारी कोष द्धारा संञ्चालित सटर भाडामा लिएर व्यावसाय गर्नेहरुले पेटीमा वनाएका चुलो र राखिएका सामाग्री तीन दिन भित्र हटाउन चेतावनी दिईएको छ । गणतन्त्र दिवसको अवसरमा भरतपुर क्षेत्रमा सरसफाईका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रोहवरमा वडा नम्बर १० का अध्यक्ष अरुणपिडित भण्डारीले ती सामाग्री तत्काल हटाउन निर्देशन दिनु भएको हो ।
होटलहरुले पेटीमा चुलो र पसलहरुले सामाग्री राखे पछि फोहोर र यात्रुलाई हिड्न कठिन भएको छ ।

भण्डारीले तीन दिन भित्र ती समाग्री नहटाए महानगरले जफत गर्ने बताउनु भयो । उहाँले कडाईका साथ निर्देशन दिदैं तोकीएको समयमा नहटाए नगर प्रहरीले भत्काएर लैजाने चेतावनी दिनु भयो ।
भण्डारीले यस अघि पनि पेटीमा चुलो निर्माण नगर्न निर्देशन दिएको भए पनि प्रहरीको आडमा अटेर गरे पछि महानगर प्रमुखकै रोहबरमा उहाँले निर्देशन दिनु भएको हो ।
सो क्रममा उहाँले वाहिर फोहोर नगर्न आग्रह समेत गर्नु भएको थियो । गणतन्त्र दिवस २०७६ का अवसरमा आज विहान भरतपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समिति, मालपोत कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी लगाएतका स्वामित्वमा रहेका जमिन अगाडी रहेका सडक छेउछाउ सरसफाई गरिएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर सुन्दर सफा हराभरा बनाउन सबै नगरवासी एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगाएतको सहभागितामा सरसफाई गरिएको हो ।

सरसफाई पछि प्रमुख जिल्ला अधिकारी वस्नेतले सबैलाई धन्यवाद दिदै गणतन्त्र दिवसका अवसरमा गरिने कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस