काठमाडौं – प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन् ।
उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने तालिका तय भएको संसद सचिवालयले जनाएको छ ।
गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
उनले २४ हजार ३ सय ९५ मत पाउँदा प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।