प्रदेश ५ को राजधानी दाङ र रूपन्देहीमा एक हुने

बुटवल :- प्रदेश नम्बर ५ को प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ ।

उपसमितिले १२ जिल्लामा पुगेर संकलन गरेका सुझावका आधारमा प्रदेशको नाम ‘लुम्बिनी’ राख्न सिफारिस गरेको छ। सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए। तर लुम्बिनीको नामका विषयमा भने अधिकांश एकमत भएका थिए ।

तर समितिले राजधानी कहाँ रहने भन्ने टुंगो लगाउन सकेन। राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानी’bout अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो।

प्रदेश सभाको दुई तिहाईले नामाकरण पारित गर्नुपर्ने कानुनी ब्यवस्था छ।

प्रतिक्रिया दिनुहोस