दाङ :- तुलसीपुर उपमहानगरपालिका वडा ११ले बिकासका पुर्बाधारलाई तिब्ररुपमा अगाडी लग्ने निर्णय गरेको छ वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा आज बसेको वडा कार्यसमितिको बैठकले वडा स्तरिय पुर्बाधार बिकास र लक्षित बर्ग तर्फका कार्यक्रमहरुलाइ तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको वडा सदस्य सुबास डागीले जानकारी दिनु भयो । वडा सदस्य डागीका अनुशार बिकास निर्माणका कार्य अगाडी बढाउनका लागि पारदर्शी रुपमा उपभोक्ता समिती गठन गर्नका लागि वडा सदस्यहरुलाइ क्षेत्रगत जिम्मेवारी समेत प्रदान गरिएको छ । जस अनुशार उरहरी र जसपुर क्षेत्रमा निर्मा चौधरी, कटाहा, हस्नापुर र बेल्टाकुरा क्षेत्रमा सुबास डागी, नवलपुर, बेलगनार र सुकौरा क्षेत्रमा घनश्याम गौतम र प्रीगाउ र मोतिपुर क्षेत्रमा गौतम र खिमा कुमारी बिकलाइ संयुक्त रुपमा सहकार्य गरि उपभोक्ता समिती गठन गरि चुस्त दुस्त रुपमा बिकास निर्माणलाई अगाडि बढाउन भुमिका खेल्न जिम्मेवारी दिइएको हो । साथै बैठकले उपमहानगरपालिकाको सहकार्यमा गर्ने भनिएको कालोपत्रेका लागि उरहरी वडाकाे सिमाना देखि अमर माबी उरहरि हुँदै दामोदर मार्ग जोड्ने र नवलपुर वडाकाे सिमाना देखि प्रीगाउ हुँदै मोतिपुर सम्म कालोपत्रे गर्ने निर्णय गर्दै तुलसीपुर उपमहानगरपालिकाक
ो कार्यालयमा सिफारिस गरिएको वडा सचिब भुबनेश्वर अधिकारीले जानकारी दिनुभयो । यस्तै बैठकले हरेक बिकास निर्माणमा सक्रियताका साथ सहकार्य तथा सहयोगका लागि सम्बन्धित टाेल बिकास संस्था तथा राजनितक दल र उपभोक्ताहरुमा अनुरोध समेत गरेको वडा सदस्य सुबास डागीले जानकारी दिनुभएको छ ।