नेकपा स्थायी कमिटी बैठक आज पनि जारी

काठमाडौं :- नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि जारी छ । आइतबार अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल शुरु भएको हो ।

बैठकमा अध्यक्ष दाहालले ५ वटा एजेण्डा प्रस्तुत गरेका थिए । आजको बैठकमा अध्यक्ष दहालले पेश गर्नुभएको प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने बताइएको छ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रत्येक ३–३ महिनामा स्थायी कमिटी बैठक बस्ने र प्रत्येक ६–६ महिनामा केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव गरिएको छ ।

यसअघि एक वर्ष अघि अर्थात अघिल्लो वर्ष मंसिर २९ गते स्थायी कमिटी बैठक बसेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि सपथग्रहण बाहेक एक पटकपनि केन्द्रीय समिति बैठक बसेको थिएन ।

प्रतिक्रिया दिनुहोस