चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

काठमाडौं :-  चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । भट्टराईको आइतबार राति १०: १५ बजे हृदयघातका कारण निधन भएको हो ।

साँझ किर्तिपुरमा आफन्त भेट गरेर फर्केका भट्टराई अकस्मात बेहोस भएपछि चावहिल स्थित ओम अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदै गर्दा बाटोमै निधन भएको डाक्टरले पुष्टि गरेका छन् । किर्तिपुरबाट घर अनामनगर आइपुगेका भट्टराई त्यसपछि विकास वोर्ड कार्यालय चावहिल पुगेका थिए ।

भट्टराईको शव पोष्टमार्टमको लागी सोमबार टिचिङ अस्पताल महाराजगञ्ज लगिनेछ । भट्टराई तीन दशक यता फिल्म निर्माण तथा अभिनयमा सकृय थिए । २०२५ साल मंसिर ४ गते ओखलढुङ्गामा जन्मेका भट्टराई आठ महिना पहिले विकास वोर्ड अध्यक्षमा नियुक्त भएका थिए । उनको परिवारमा एक छोरा र एक श्रीमती छन् ।

दिवंगत भट्टराईप्रति हार्दिक श्रद्धासुमन, दिवंगत आत्माको चीर शान्तिको कामना ।।

प्रतिक्रिया दिनुहोस