छोराको जन्मदिनमा बिमा पोलिसी उपहार

 दाङ :- दाङ तुलसीपुरका एक युवाले आफ्नो छोराको जन्मदिनमा बिमा पोलिसी उपहार दिएका छन् । तुलसीपुर निवासी गोविन्द अधिकारीले छोरा सिदार्थ अधिकारीको जन्मदिनमा पोलिसी उपहार दिएका हुन् । छोराको पहिलो जन्मोत्सवमा उनको उज्वल भविष्यको लागी पोलिसी उपहार दिएको उनले बताए ।
उनले रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनी तुलसीपुर शाखा बाट “मेरो मुटु बाल जीवन योजना” पोलिसी छनौट गरेका हुन् । जुन पोलिसी अन्तर्गत १५ बर्षको अवधीमा २० लाखको जीवन बिमा सुविधा रहेको उनले बताए । जसका लागी वार्षिक ६५ हजार प्रीमियम जम्मा गर्नुपर्ने समेत उनले बताए ।

पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा आफुले भने फजुल खर्च गर्नुभन्दा छोराको लागी बचत तथा शुरक्षा दुबै फाईदा भएकोले जिवन बिमा बनाईदिएको उनले बताए । जसलाई उनले जन्मदिनको अवसरपारी उपहारस्वरुप प्रदान गरेका हुन् । थोरै थोरै बचतले नै धेरै हुने भन्दै बचत गर्ने बानीको विकास गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस